Logo

२०८२ मंसिर ६ गते शनिवार

२०८२ मंसिर ६ गते शनिवार

शिक्षा क्षेत्र सुधारिन शिक्षकलाई सम्मान गर्नुपर्छ: शिक्षामन्त्री देवेन्द्र पौडेल

शिक्षा क्षेत्र सुधारिन शिक्षकलाई सम्मान गर्नुपर्छ: शिक्षामन्त्री देवेन्द्र पौडेल


  • 9.2K
    Shares

    शिक्षा क्षेत्र सुधारिन शिक्षकलाई सम्मान गर्नुपर्छ: शिक्षामन्त्री देवेन्द्र पौडेल
    images

    शिक्षा विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले शिक्षकलाई सम्मान गरे मात्रै शिक्षा क्षेत्र सुधारिने बताएका छन्। एकीकृत अखिल नेपाल शिक्षक सङ्गठनद्वारा शनिबार बाह्रबिसे नगरपालिका–३, खुर्बासानी बजारमा आयोजित दोस्रो जिल्ला अधिवेशनमा उनले शिक्षकलाई सम्मान गरे मात्रै शिक्षा क्षेत्र सुधारिने बताएका हुन् ।

    सिन्धुपाल्चोकलगायत केही नमूना विद्यालयको उदाहरण दिँदै उनले यस्तै शैक्षिक संस्था बनाउनुपर्नेमा जोड दिए ।  शिक्षकको गुनासो सुन्दै शिक्षकलाई पर्याप्त सेवा सुविधा दिन आफू कटिबद्ध रहेको बताए ।

    शिक्षामन्त्री पौडेलले देशभरको शिक्षकको गुनासो सुनेर आवश्यक पहलकदमी लिने प्रतिबद्धता ब्यक्त गरे । एकै प्रकृतिका शिक्षक हुनुपर्ने, राहत शिक्षकलाई दरबन्दीमा रुपान्तरण गरी आन्तरिक प्रतिस्पर्धा गरी स्थायी गरिनुपर्ने र उमेर हद पुगेका शिक्षकको सम्मानलगायत माग शिक्षामन्त्री सामु राखिएको थियो ।

    प्रकाशित मिति :चैत्र २७ २०७८ आइतवार - १०:१७:३९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij