२०८२ मंसिर ६ गते शनिवार
चम्पादेवी इको फ्रेण्ड्लीले दक्षिणकालीस्थित वोसनमा केबुलकार सञ्चालन गर्ने तयारी गरेको छ । काठमाडौंस्थित दक्षिणकालीको चाल्नाखेल, वोसनमा सञ्चालन हुन लागेको केबुलकारबारे चम्पादेवी इकोले पत्रकार सम्मेलन गरी जानकारी गराएको हो ।
कम्पनीका सञ्चालक कमलेशकुमार अग्रवालले केबुलकार सञ्चालनका लागि आवश्यक प्राविधिक कार्य पूरा भएको र अब निर्माण प्रक्रिया सुरु हुने जानकारी दिएका हुन् ।
कम्पनीका अनुसार यहाँ ल्याइने केबुलकार युरोपियन हुनेछ । अग्रवालका अनुसार अबको तीन वर्षमा निर्माण कार्य सम्पन्न भई सो केबुलकार सञ्चालनमा आउनेछ ।
चम्पादेवीमाताको मन्दिरवरपर रहेका डाँडाहरू गरी करिब बाईस हेक्टर वनक्षेत्र नेपाल सरकारबाट प्राप्त भएको छ ।
उक्त केबुलकार निर्माणका लागि डिजाइन अस्ट्रियन कम्पनीबाट तयार गरिएको जनाएको छ । कम्पनीले उक्त केबुलकार प्रोजेक्ट निर्माण गर्नका लागि करिब ६ अर्ब बजेट खर्च गर्ने योजना रहेको जानकारी गराएको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij