Logo

२०८२ माघ ७ गते बुधवार

२०८२ माघ ७ गते बुधवार

आजबाट सर्वसाधारणका लागि खुला गरिएको यो हो नेपालको सबैभन्दा ठूलो आइपीओ

आजबाट सर्वसाधारणका लागि खुला गरिएको यो हो नेपालको सबैभन्दा ठूलो आइपीओ


  • 8.0K
    Shares

    आजबाट सर्वसाधारणका लागि खुला गरिएको यो हो नेपालको सबैभन्दा ठूलो आइपीओ

    काठमाडौं । नेपालको सबैभन्दा ठूलो इन्फ्रास्ट्रक्चर बैंकको आईपीओ आज बाट सर्वसाधरणका लागि विक्री खुला गरिएको छ । नेपालको इतिहासमै आजसम्मको सबैभन्दा ठूलो ८ अर्ब रुपैयाँ बराबरको ८ करोड शेयर कित्ताका लागि आइपीओ खुला भएको हो ।

    नेपालका सबै आवेदकले यो आईपीओ पाउने निश्चि नै छ । कम्पनीको कूल ८ करोड कित्ता मध्ये ७ करोड ५८ लाख ४० हजार कित्ता सर्वसाधरणमा सार्वजनिक निष्कासन गर्न लागेको हो ।

    बाँकी रहेको ५ प्रतिशत कित्ता सामूहिक लगानी कोष र शून्य दशमलव २ प्रतिशत कित्ता शेयर कम्पनीका कर्मचारीका लागि छुट्याइएको छ । हाल बैंकको चुक्ता पूँजी १२ अर्ब रहेको छ ।

    आईपीओ पछि बैंकको चुक्ता पूँजी २० अर्ब रुपैयाँ पुग्ने छ । कम्पनीको अधिकतम पूँजी ४० अर्ब रहेको छ । कम्पनीको आईपीओ विक्री प्रबन्धकको जिम्मेवारी भने एनआईबिएल एस क्यापिटल रहेको छ ।

    उक्त कम्पनीको आईपीओ प्रत्याभूतिको जिम्वेवारी नागरिक लगानीकोषले गर्ने छ । यो आइपीओ छिटोमा माघ ६ गते र ढीलोमा माघ १६ गतेसम्म विक्रीमा रहनेछ ।

    कम्पनीको आइपीओ इक्रा नेपालले वित्तीय अवस्था मध्यम रहेको ‘इक्राएनपी आई आर ट्रिपल बी’ रेटिङ प्रदान गरेको छ । यो कम्पनीले आर्थिक वर्ष २०७६७७ मा १ अर्ब २३ करोड ४३ लाख ७१ हजार खुद नाफा गरेको छ ।

    प्रकाशित मिति :माघ २ २०७७ शुक्रवार - १२:२०:०० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij