Logo

२०८२ भाद्र ५ गते बिहिवार

२०८२ भाद्र ५ गते बिहिवार

छानी-छानी ओली ग्याङ्गका नेतालाई प्रचण्ड-माधव समुहले यसरी लगाउदैछ सनासो 

छानी-छानी ओली ग्याङ्गका नेतालाई प्रचण्ड-माधव समुहले यसरी लगाउदैछ सनासो 


  • 6.8K
    Shares

    छानी-छानी ओली ग्याङ्गका नेतालाई प्रचण्ड-माधव समुहले यसरी लगाउदैछ सनासो 

    काठमाडौं । प्रचण्ड-माधव नेपाल नेतृत्वको नेकपाले प्रदेश २ का पदाधिकारी र जिल्ला अध्यक्ष तथा सचिवहरुको टुंगो लगाउने भएको छ । ओली पक्षमा लागेका प्रदेश तथा जिल्लाका पदाधिकारीलाई हटाएर नयाँ राख्नेबारे छलफल हुने स्थायी कमिटी सदस्य देवेन्द्र पौडेलले जानकारी दिए ।

    विहीवारदेखि शुरु भएको स्थायी कमिटी बैठक आज पनि पेरिसडाडामा बस्दैछ । यसअघिको बैठक गण्डकी र लुम्बिनीका प्रदेश इन्चार्ज चयन गरे पनि बाँकी ठाउँमा चलाएको थिएन । प्रदेश २ का इन्चार्ज सत्यनारायण मण्डल,अध्यक्ष प्रभु साह र सचिव सुमन प्याकुरेल ओली पक्षमा रहेकाले प्रचण्ड–माधव पक्षले उनीहरुलाई हटाउन लागेको हो ।

    नेताहरुबीच छलफलपछि आजको बैठकमा इन्चार्ज सहित पदाधिकारीको नाम प्रस्ताव हुने बताइएको छ । रामचन्द्र झा र मातृका यादवमध्ये एकजनालाई इन्चार्ज बनाएर अध्यक्ष माधव नेपाल समूहलाई दिने तयारी रहेको स्रोतले जनाएको छ ।

    प्रदेश १ का अध्यक्ष देवराज घिमिरे,वागमतीका सचिव आनन्द पोखरेल, कर्णालीका अध्यक्ष गोरखवहादुर बोगटी र सुदूरपश्चिमका अध्यक्ष कर्णवहादुर थापालाई पनि हटाएर आफ्नो पक्षकालाई ल्याउन छलफल भइरहेको छ । त्यस्तै ओली पक्षमा लागेका जिल्ला अध्यक्ष र सचिवहरु हटाएर प्रचण्ड माधव पक्षका लाई ल्याइने भएको छ ।

    प्रकाशित मिति :माघ २ २०७७ शुक्रवार - १२:१५:५० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij