Logo

२०८२ मंसिर ६ गते शनिवार

२०८२ मंसिर ६ गते शनिवार

सबै प्रदेशमा सरकारी मेडिकल कलेज स्थापना गर्ने यस्तो छ सरकारको तयारी

सबै प्रदेशमा सरकारी मेडिकल कलेज स्थापना गर्ने यस्तो छ सरकारको तयारी


  • 3.5K
    Shares

    सबै प्रदेशमा सरकारी मेडिकल कलेज स्थापना गर्ने यस्तो छ सरकारको तयारी
    images

    शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले सात वटै प्रदेशहरुमा सरकारी मेडिकल कलेज खोल्ने प्रस्ताव क्याविनेटमा पेस गरिएको जानकारी दिएका छन् ।सरकारले सबै प्रदेशमा सरकारी मेडिकल कलेज स्थापना गर्ने तयारी गरेको छ ।

    उनले खर्बौ रकम मेडिकल शिक्षा अध्ययनका लागि बाहिरिएको अवस्थालाई मध्यनजर गर्दै सरकारले सबै प्रदेशमा मेडिकल कलेज बनाउने तयारी गर्नु परेको पनि स्पष्ट पारेका छन् ।

    नेपाल तालिम तथा रोजगार व्यवसायी महासंघले आज काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै मन्त्री पौडेलले जापान, अष्ट्रेलिया, बंगलादेश, चीन र भारतमा मेडिकल शिक्षा पढन जाने विद्यार्थीहरुले बार्षिकरुपमा करिव १ खर्व ९७ अर्व खर्च गरेको देखेपछि त्यसको समिक्षा गरेर सरकारले नेपालमै अध्ययनका लागि सरकारी मेडिकल कलेजहरुको स्थापना गरेर अघि बढने निष्कर्ष निकालेको पनि स्मरण गराएका छन् ।

    सरकारले निजी क्षेत्रको मेडिकल कलेजलाई पनि सँगै लिएर जाने नीति लिएको मन्त्री पौडेलको भनाई छ । मन्त्री पौडेलले निजी क्षेत्रको मेडिकल कलेजलाई विस्थापन गर्ने सरकारको कुनै योजना नरहेको पनि पटक-पटक दोहोर्‍याए ।

     

    प्रकाशित मिति :चैत्र २४ २०७८ बिहिवार - १६:४३:३७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij