Logo

२०८२ मंसिर ६ गते शनिवार

२०८२ मंसिर ६ गते शनिवार

गोविन्द बन्दीले लिए कानुनमन्त्री पदको शपथ

गोविन्द बन्दीले लिए कानुनमन्त्री पदको शपथ


  • 3.1K
    Shares

    गोविन्द बन्दीले लिए कानुनमन्त्री पदको शपथ
    images

    अधिवक्ता गोविन्द बन्दीले कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पदको शपथ लिएका छन् ।

    राष्ट्रपति विद्यादेवी भण्डारीले बिहीबार शीतलनिवासमा आयोजित समारोहमा बन्दीलाई पद तथा गोपनीयताको शपथ गराएकी हुन् ।

    त्यसक्रममा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री शेरबहादुर देउवालगायत उच्चपदस्थ व्यक्ति उपस्थित थिए । प्रधानमन्त्री देउवाले आजै उनलाई कानुनमन्त्रीमा सिफारिस गरेका थिए ।

    संसद् बाहिरबाट मन्त्री बनाइएका बन्दीले आजै कार्यभार सम्हाल्नेछन् ।

    प्रकाशित मिति :चैत्र २४ २०७८ बिहिवार - १४:५२:१४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij