Logo

२०८२ मंसिर ६ गते शनिवार

२०८२ मंसिर ६ गते शनिवार

राष्ट्रसंघमा मानवअधिकार परिषद्‍बाट रुसलाई हटाउन आज संयुक्त मतदान हुँदै

राष्ट्रसंघमा मानवअधिकार परिषद्‍बाट रुसलाई हटाउन आज संयुक्त मतदान हुँदै


  • 3.1K
    Shares

    राष्ट्रसंघमा मानवअधिकार परिषद्‍बाट रुसलाई हटाउन आज  संयुक्त मतदान हुँदै
    images

     संयुक्त राष्ट्र संघको महासभाले मानवअधिकार परिषद्‍बाट रुसलाई हटाउने अमेरिकी प्रस्तावमा बिहीबार मतदान गर्दैछ।यसले मतदानमा भाग नलिने देशहरूलाई गणना गर्दैन। ४७ सदस्यीय राष्ट्रसंघीय मानवअधिकार परिषद्बाट कुनै देशलाई बहिष्कार गर्न दुई तिहाइ बहुमत चाहिन्छ।

    सन् २०११ मा, तत्कालीन तानाशाह मुअम्मर गद्दाफीका सेनाहरूले प्रदर्शनकारीमाथि गरेको हिंसापछि लिबियालाई मानव अधिकार परिषदबाट निलम्बन गरिएको थियो। हाल तयार पारिएको प्रस्तावमाथि छलफल गर्दै संयुक्त राष्ट्रका लागि अमेरिकी राजदूत लिन्डा थोमस ग्रिनफिल्डले  रुसले भविष्यमा जवाफदेहिताविहीन हुन नदिने बताइन्।

    युक्रेनको बुचा सहरमा जताततै विनाश देखिएको छ। रुसले २४ फेब्रुअरीमा युक्रेनमा आक्रमण गरेको थियो । त्यसयता संयुक्त राष्ट्र संघको महासभाले रुसको निन्दा गर्ने दुईवटा प्रस्तावमा मतदान गरेको छ। रुसले युक्रेनमा ‘विशेष सैन्य अभियान’ सञ्चालन गरिरहेको बताएको छ ।

    युक्रेनले रुसी सेनाले बुचा सहरमा सयौं सर्वसाधारणको हत्या गरेको आरोप लगाएपछि अमेरिकाले रुसलाई मानवअधिकार परिषदबाट हटाउने प्रस्ताव ल्याउने बताएको छ । 

    प्रकाशित मिति :चैत्र २४ २०७८ बिहिवार - १३:०९:१७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij