आजको बैठकले आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचन आचारसंहिताको बारेमा छलफल र विभिन्न नियुक्तिहरु गर्ने जनाएको छ।
निर्वाचन आयोगले शुक्रबारदेखि आचारसंहिता लगाउने तयारी गरेकाले आजको बैठकले विभिन्न निर्णय तथा नियुक्ति गर्न सक्ने सम्भावना छ। स्थानीय तह निर्वाचनको मतदान मितिभन्दा कम्तिमा ३५ दिन अघिबाट निर्वाचन आचारसंहिता लागू गर्ने गरिन्छ ।
निर्वाचन आचारसंहिता तयार भएपनि आयोगले उक्त संहिता लागू हुने मिति अझै तोकेको छैन। आचारसंहिता जारी भएपछि सरकारले नियुक्ति, सरुवा, बढुवा लगायतका काम गर्न पाउँदैन।
