२०८२ भाद्र ५ गते बिहिवार
काठमाडौं । प्रतिबन्धित नेक्रविक्रम चन्द ‘विप्लव’ समूहका केन्द्रीय सचिवालय सदस्य तथा अन्तर्राष्ट्रिय विभाग प्रमुख धर्मेन्द्र बास्तोलालाई म्याद थपका लागि आज अदालत लगिँदै छ ।
बास्तोलासहित पक्राउ परेका तीन जनालाई म्याद थपका लागि जिल्ला अदालत ललितपुर लैजान लागिएको हो । बास्तोलामाथि नख्खुमा एनसेल कार्यालयअघि गराएको बम विस्फोटको आरोप छ ।
विस्फोटमा एकजना सर्वसाधारणको ज्यान गएको थियो । २९ गते ललितपुरबाट पक्राउ परेका बास्तोलाको १ गते सरकारी बिदाका कारण म्याद थप हुन सकेको थिएन ।
महानगरीय प्रहरी परिसर ललितपुरकी प्रहरी प्रमुख एसएसपी किरण वज्राचार्यले म्याद थपपछि थप अनुसन्धान अगाडि बढ्ने बताइन् । बास्तोला विप्लव समूहका तेस्रो वरीयताका नेता हुन् ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij