Logo

२०८२ मंसिर ६ गते शनिवार

२०८२ मंसिर ६ गते शनिवार

इन्स्पेक्टर डाक्टर आस्था श्रेष्ठलाई सेवाबाट हटाउने तयारी

इन्स्पेक्टर डाक्टर आस्था श्रेष्ठलाई सेवाबाट हटाउने तयारी


  • 3.3K
    Shares

    इन्स्पेक्टर डाक्टर आस्था श्रेष्ठलाई सेवाबाट हटाउने  तयारी
    images

    गृह मन्त्रालयले सशस्त्र प्रहरी निरीक्षक (इन्स्पेक्टर) डाक्टर आस्था श्रेष्ठलाई सेवाबाट हटाउने तयारी गरेको छ।

    उनी सशस्त्र प्रहरीको बलम्बुस्थित अस्पतालमा कार्यरत थिइन्। लामो समयदेखि कार्यालयमा अनुपस्थित रहेकोले उनीमाथि कारबाही गर्न लागिएको हो।

    उनी गत फागुन १२ देखि बिदा स्वीकृत नगराई अस्पतालमा अनुपस्थित भएकी थिइन्। जिम्मेवारी र आचरणविपरीत कार्य गरेकोले भविष्यमा सरकारी सेवाका लागि अयोग्य नठहरिने गरी सेवाबाट हटाउने तयारी गरिएको हो।

    सजाय गर्नु नपर्ने कुनै कारण भए पेश गर्न  मन्त्रालयले सार्वजनिक सूचना निकालेर जानकारी दिएको  छ। ins suchana.jpg

    प्रकाशित मिति :चैत्र २४ २०७८ बिहिवार - ११:२४:०३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij