Logo

२०८२ मंसिर ६ गते शनिवार

२०८२ मंसिर ६ गते शनिवार

यौन दुव्र्यवहार: ३ जना शिक्षकबाट ७० जना विद्यार्थीमाथि हिंसा

यौन दुव्र्यवहार: ३ जना शिक्षकबाट ७० जना विद्यार्थीमाथि हिंसा


  • 3.9K
    Shares

    यौन दुव्र्यवहार: ३ जना शिक्षकबाट  ७० जना विद्यार्थीमाथि  हिंसा
    images

    मकवानपुर जिल्लाको पूर्वी क्षेत्र बागमती गाउँपालिका वडा नं. ८ शान्तिपुरमा अवस्थित जनता माध्यमिक विद्यालय फापरबारीका छात्राहरुलाई सोही विद्यालयमा अध्यापनरत ३ जना शिक्षकहरुले  नियमित यौन दुव्र्यवहार गरेका छन् । छानविन गर्न मकवानपुराका मानव अधिकारकर्मीहरुले ध्यानाकर्षण गराएका छन् ।


    शिक्षकहरुको व्यवहारमाथि कारवाहीको माग गर्दै मंगलबार विद्यार्थीहरु तोडफोडमा उत्रेपछि बुधबार जिल्लाका अधिकारकर्मीहरु स्थलगत अध्ययनमा गएका थिए । विद्यालयका शिक्षकहरु रुद्रबहादुर बिक, हेमबहादुर बिक, र लोकबहादुर बिकले केही वर्षदेखि कक्षा ४ देखि माथिल्लो तहको विद्यार्थीलाई लगातार यौन दुव्र्यवहार गर्दै आएको अध्ययनका क्रममा पत्ता लागेको अधिकारकर्मीहरुको भनाइ छ ।


    ति शिक्षकहरुले कक्षा ४ मा पढ्दादेखि नै आफूहरुलाई नराम्रो छुवाइ थिए गर्दै आएको र आफूले डरको कारण कसैलाई नबताएको हाल कक्षा ७ मा अध्ययनरत एक बालिकाले बताइन्  । विद्यालयका बाल क्लबका अनुसार शिक्षकहरुबाट करिब ७० जना बालिकाहरु पीडित छन् ।


    तर अभिभावक र शिक्षकहरुकै डरको कारण उनीहरु खुल्न सकेका छैनन् । बुधबार अधिकारकर्मीहरुसँग आफूहरुमाथि नियमित यौन दुव्र्यवहार हुदै आएको  ३५ जना विद्यार्थीहरुले बताएका थिए ।


    कक्षामा पढाउने क्रममा झ्याल ढोका बन्द गर्न लगाएर, छात्राहरुको संवेदनशिल अंगहरुमा हात लैजाने गरेको र प्रतिकार गर्दा पिट्ने गरेको उनीहरुले बताएका थिए। जसले प्रतिकार गर्छ उसलाई ‘बदमास विद्यार्थी’ भन्दै पिट्ने गरेको र जसले चुपचाप सहन्छ उसलाई ‘यो मात्रै ज्ञानी छ’ भन्ने गरेको बालिकाहरुले अधिकारकर्मीहरुलाई बताएका थिए ।


     सत्य तथ्य बुझनको लागि अधिकारकर्मीहरुले स्थलगत भ्रमण क्रममा पीडित बालिकाहरु, बालक्लबका सदस्यहरु, अभिभावक, विद्यालय व्यवस्थापन समिति, विद्यालय प्रशासन, गाउँपालिका अध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत, इलाका प्रहरी कार्यालयलगायतका सरोकारवालासँग घटनाका विषयमा जानकारी लिएका थिए ।


    पीडितहरुले प्रशासनमा तीन शिक्षकहरुको नाम किटानीसहित कारबाहीको माग गर्दै मिति २०७८ चैत्र ७ गते उजुरी समेत दिएको र त्यसको न्यायोचित निर्णय नभएको पाइएको बाल हेल्पलाइन नेपाल १०९८ मकवानपुरका व्यवस्थापक झबिन्द्र ज्ञवालीले बताए ।

    बालिकामाथि हुने  दुव्र्यवहारको घटनाका विषयमा बुझ्न जाँदा आफूहरुलाई छात्राहरुसँग बोल्न समेत विद्यालय प्रशासनले रोक्न खोजेको र छात्राहरुसँग सोधीखोजी गर्ने महिला शिक्षक र कर्मचारीहरुलाई रिसभाव राखेर ज्यान मार्ने धम्की समेत दिइएको जानकारी प्राप्त भएको थियो ।

    उज्जवल भविष्य बोकेर विद्यालय गएका छात्राहरुमाथि भएको अमानवीय र जघन्य अपराध विरुद्ध प्रहरी प्रशासनबाट उचित अनुसन्धान गरी पीडित बालिकाहरुको गोपनियता, आत्मसम्मान, मनोसामाजिक अवस्था र सम्वेदनशीलतालाई ध्यानमा राखी दोषीहरुले उन्मुक्ति नपाउने गरी कानून बमोजिम कारबाही र सजायका लागि सम्बन्धित निकायसमक्ष मकवानपुरका बालअधिकार तथा मानवअधिकारकर्मीहरु माग गरेका छन् ।

    स्थलगत अध्ययनमा शान्ति फाउण्डेशन मकवानपुर जिल्ला संयोजक सिता गुरुङ्ग, ग्रामीण महिला सेवा केन्द्र कार्यक्रम संयोजक दीपक न्यौपाने, सञ्चारिका समूह नेपाल बागमती प्रदेश अध्यक्ष सरिता दहाल, नारी सीप सृजना केन्द्र कार्यसमिति सदस्य सर्मिला विश्वकर्मालगायतको उपस्थिती रहेको थियो ।

    घटनाको अझै पनि प्रहरीमा उजुरी परेको छैन । प्रहरीमा उजुरी नपरेपछि आरोपित शिक्षकहरु विद्यालयमा बिदा लिएर घर बसेका छन् । घटनापछि आफूहरुलाई चौतर्फी दबाब आएको बालक्लबका प्रतिनिधिहरुले बताएका छन् । यता बालिकाहरुलाई समर्थन गर्ने शिक्षकहरुमाथि घाँटी रेट्ने भन्नेसम्मको दबाब आएको बताइएको छ । ‘हामीलाई त जे भयो भयो, हामीलाई साथ दिने मिसहरुलाई पनि मारेर फाल्ने भन्ने सम्मको कुरो छ’ एक छात्राले भनिन् ।

    स्थलगत अनुगमनमा गएको टोलीसँग विद्यालयका प्रध्यानाध्यापकले आफू पनि न्यायको पक्षमा रहेको र यस’दयगत प्रहरीलाई छानविनको लागि आग्रह गर्ने तयारी भएको बताए ।

    प्रकाशित मिति :चैत्र २४ २०७८ बिहिवार - १०:३७:५३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij