Logo

२०८२ भाद्र ५ गते बिहिवार

२०८२ भाद्र ५ गते बिहिवार

संसद विघटनविरुद्ध आज पनि संवैधानिक इजलासमा सुनुवाइ हुँदै

संसद विघटनविरुद्ध आज पनि संवैधानिक इजलासमा सुनुवाइ हुँदै


  • 5.3K
    Shares

    संसद विघटनविरुद्ध आज पनि संवैधानिक इजलासमा सुनुवाइ हुँदै

    काठमाडौं । प्रतिनिधि सभा विघटनविरूद्द दायर रिटमा आज संवैधानिक इजलासमा सुनुवाइ हुने भएको छ । बुधबार बहस नसिकएपछि हेर्दाहेर्दैमा राखिएको प्रतिनिधिसभा विघटनसम्बन्धि १३ वटा रिट संवैधानिक इजलासमा विचाराधीन छ । 

    प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा तथा न्यायाधीश सपना मल्ल प्रधान, विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा र तेजबहादुर केसीको संंवैधानिक इजलासमा चलिरहेको सुनुवाईले आजपनि निरन्तरता पाउने भएको हो ।

    प्रतिनिधि सभा विघटनभन्दा पनि इजलासको क्षेत्राधिकारका विषयमा बहस केद्रित छ । निवेदकहरूले सो मुद्दा बृहत् पूर्ण इजलासले हेर्नुपर्ने माग राख्दै आएका छन् भने सरकार पक्षले संवैधानिक इजलासले नै हेर्नुपर्ने बताएका छन् । 

    गत पुस ५ गते राष्ट्रपतिले प्रतिनिधि सभा विघटन गर्दै वैशाख १७ र २७ मा दुई चरणमा गर्नेगरि निर्वाचन घोषणा गरेकी छन् । पुस ८ गते सो निर्णय बदरको माग गर्दै दायर रिटमा सुनुवाइ गर्दै प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाको एकल इजलासले संविधानको धारा ७६ (१),(७) र ८५ को व्याख्यासँग सम्बन्धित रहेको भन्दै संवैधानिक इजलाशमा पठाउने आदेश गरेको थियो । त्यस यता संवैधानिक इजलासमा पनि क्षेत्राधिकारको बहस हुँदा बहस मूल विषयमा प्रवेश गरेको छैन ।

    प्रकाशित मिति :माघ २ २०७७ शुक्रवार - ११:१५:०० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij