Logo

२०८२ मंसिर ६ गते शनिवार

२०८२ मंसिर ६ गते शनिवार

पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि फिर्ता लिन क्रान्तिकारीको माग

पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि फिर्ता लिन क्रान्तिकारीको माग


  • 3.6K
    Shares

    पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि फिर्ता लिन क्रान्तिकारीको माग
    images

    अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) ले पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता लिन माग गरेको छ ।

     क्रान्तिकारीका अध्यक्ष हरिकृष्ण गजुरेलले बिहीबार विज्ञप्ति जारी गर्दै पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि फिर्ता गर्न नेपाल सरकार, नेपाल आयल निगम र सम्बन्धित निकायसँग माग गरिएको छ ।मूल्यवृद्धि फिर्ता नगरेमा सशक्त संघर्षमा उत्रन बाध्य हुने क्रान्तिकारीले चेतावनी दिएको छ ।

    निगमले पेट्रोलमा प्रतिलिटर ५ रुपैयाँ बढाएर १६० रुपैयाँ, डिजेलमा प्रतिलिटर ५ रुपैयाँ बढाएर १४३ रुपैयाँ र मट्टितेलमा प्रतिलिटर ५ रुपैयाँ बढाएर १४३ रुपैयाँ प्रतिलिटर पुर्‍याएको छ ।खाना पकाउने एलपी ग्यासमा प्रतिसिलिन्डर २५ रुपैयाँ बढाएर १ हजार ६०० रुपैयाँ प्रतिसिलिन्डर पुर्‍याएको छ । 

    प्रकाशित मिति :चैत्र २३ २०७८ बुधवार - १४:०२:०६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij