२०८२ मंसिर ६ गते शनिवार
सर्वोच्चको आदेशसँगै टंकलाल घिसिङलाई राष्ट्रिय खेलकुद परिषद (राखेप)को सदस्यसचिवको जिम्मेवारी सुम्पिएर निमित्त सदस्यसचिव कुलबहादुर थापाले राजीनामा दिएका छन् ।
राखेपमा २७ वर्ष लामो कर्मचारी जीवनबाट थापाले राजीनामा दिने निर्णय गरेका छन्। उनले मंगलबारै घिसिङसमक्ष राजीनामा बुझाएका छन् ।
सरकारले राखेप सदस्यसचिव रमेशकुमार सिलवाललाई १ कात्तिकमा बर्खास्त गर्ने निर्णय गरेको थियो । १२ मंसिरमा टंकलाल घिसिङलाई नयाँ नियुक्ति गरिए पनि सिलवालले सर्वोच्चमा रिट दायर गरेपछि राखेपको कार्यकारी प्रमुख खाली भएको थियो ।
युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराजले मन्त्रीस्तरीय निर्णयबाट ४ फागुनमा राखेप कर्मचारी थापालाई निमित्त सदस्यसचिवको जिम्मेबारी दिएका थिए । उनले कर्मचारीको रुपमा राखेपका विभिन्न विभागमा प्रमुखको जिम्मेवारीमा रहेर काम गरेका थिए ।
पछिल्लो समय थापालाई प्रतियोगिता तथा योजना विभागको जिम्मेवारी थियो । थापाले पाँचौंदेखि आठौं राष्ट्रिय खेलकुद र १३औं दक्षिण एसियाली खेलकुदमा समारोह प्रमुखको जिम्मेवारी पाएका थिए ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij