२०८२ मंसिर ६ गते शनिवार
काठमाडौं महानगरपालिका–२७, ठमेल, ज्याठास्थित सडकबाट उमेश कार्कीको पाँच तोला सुनको सिक्री लुटपाटमा संलग्न आरोपमा एकजना तेस्रोलिंगी पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा काठमाडौंको लाजिम्पाट बस्ने भारतको सिक्किम घर भएका २६ वर्षीय गुन्जन तामाङ छन् ।
महानगरीय प्रहरी वृत्त दरबारमार्गबाट खटिएको प्रहरीले लुटपाटमा संलग्न तामाङलाई काठमाडौं महानगरपालिका–२, उत्तरगेटबाट उक्त सुनको सिक्रीसहित फेला पारी पक्राउ गरेको हो ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij