२०८२ मंसिर ६ गते शनिवार
काठमाडौं । काठमाडौं महानगरपालिकाले विज्ञहरूका लागि आवेदन दिन आह्वान गरेको छ । वातावरणीय अध्ययन प्रयोजनका लागि गठन हुने प्राविधिक समितिका लागि महानगरले विज्ञहरूलाई दरखास्त दिन आह्वान गरेको हो ।
काठमाडौं महानगरपालिकाको संक्षिप्त वातावरणीय अध्ययन तथा प्रारम्भिक वातावरणीय परीक्षण कार्यविधि, २०४८ को दफा १४ अनुसार वातावरणीय अध्ययनका लागि प्राविधिक समिति गठन गर्न लागेको महानगरले जनाएको छ ।
उक्त समितिमा रहन चाहने विज्ञहरूका लागि महानगरले १५ दिनभित्र निवेदन पेस गर्न आग्रह गरेको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij