२०८२ मंसिर ६ गते शनिवार
नेपाल पिछडावर्ग (ओबीसी) महासंघको तोकिएको समयमा महाधिवेशन स्थगित भएको छ । महासंघका अध्यक्ष कौशल कुमार सिंहका अनुसार महासंघको राष्ट्रिय महाधिवेशन चैत २६ गतेका लागि तय भएको थियो । वैशाख ३० गते स्थानीय तहको चुनाव भएको कारण त्यसलाई स्थगित गरिएको हो ।
स्थानीय तहको चुनाव महासंघका नेता तथा कार्यकर्ताहरू पनि विभिन्न पार्टीबाट चुनावको तयारीमा जुटेका हुनाले यो महाधिवेशन २०७९ जेठ १४ गते काठमाडौँमा गर्ने निर्णय भएको छ ।
महाधिवेशनका लागि महासंघका सबै जिल्ला कमिटी, भातृ संगठन एवं जातीय संघसङ्गठनहरूलाई पनि प्रतिनिधि छनौट गरी नामावली पठाउनका लागि २०७९ जेठ ५ गतेसम्मको समय थपिएको छ ।
पिछडावर्ग (ओबीसी) मा कुशवाहा, कुर्मी, कुम्हार, कहार, केवट, कानु, कलवार, कमार, तेली, नुनिया, बनिया, बरैई, बढैई, भेडिहर, माली, मल्लाह, यादव, राजभर, राजधोव, रौनियार, लोहार, लोध, सुडी, सोनार, हजाम, हलुवाई, अमात, केवरत, बिन्न, जोगिया, कलाल, पटनवार, कलाबञ्जर, वोट, कथबनिया, कमकर, चनऊ, ठठेरी/कसेरा, पटवा, बेलदार आदी जातजातिहरू पर्छन् ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij