२०८२ मंसिर ६ गते शनिवार
गठबन्धनको बैठकले काँग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलको नेतृत्वमा निर्वाचन तयारी तथा अनुगमन समिति गठन गरेको छ। प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकले पौडेलको नेतृत्वमा निर्वाचन तयारी तथा अनुगमन समिति गठन गर्ने निर्णय गरिएको हो।
समितिमा गठबन्धन आबद्ध पाँचै दलबाट प्रतिनिधिहरू रहने छन्। समिति सदस्यहरूमा कांग्रेसको तर्फबाट गगन थापा र ज्ञानेन्द्र कार्की, माओवादीको तर्फबाट नेताद्वय वर्षमान पुन र देवप्रसाद गुरूङ, एकीकृत समाजवादीको तर्फबाट बेदुराम भुसाल र विजय पौडेल, जसपाबाट अशोक राई र रेणु यादव तथा राष्ट्रिय जनमोर्चाबाट हिमाल पुरी सदस्य रहेका छन्।
बैठकले देशको अर्थतन्त्रको अवस्थालाई ध्यान दिंदै सरकारको तर्फबाट राजनैतिक दल, अर्थविद, योजनाविद र सरोकारवाला पक्षसँग वृहत् अन्तक्रियाको आयोजना गर्ने र सुझावको आधारमा ठोस कदम चाल्ने निर्णय पनि गरिएको छ ।
प्रधानमन्त्रीको भारत भ्रमण सफल भएको निष्कर्ष निकालेको छ। बैठकले नेपालको अर्थतन्त्रको समस्याको समाधानका लागि राजनीतिक दल तथा अर्थविद्हरूसँग अन्तरक्रिया गर्ने निर्णय पनि गरिएको छ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij