Logo

२०८२ मंसिर ६ गते शनिवार

२०८२ मंसिर ६ गते शनिवार

भन्सार एजेन्टको परीक्षा १७ वैशाखमा, कति छन् परीक्षार्थी ?

भन्सार एजेन्टको परीक्षा १७ वैशाखमा, कति छन् परीक्षार्थी ?


  • 3.3K
    Shares

    भन्सार एजेन्टको परीक्षा १७ वैशाखमा, कति छन् परीक्षार्थी ?
    images

    भन्सार विभागले भन्सार एजेन्टको लिखित परीक्षा १७ वैशाखमा गर्ने भएको छ । विभागले आइतबार सूचना जारी गर्दै भन्सार एजेन्ट नियुक्तिका लागि गरिने परीक्षाको नयाँ मिति तोकेको हो । पाटन उच्च अदालतले यसअघि परीक्षा स्थगन गर्न दिएको अल्पकालीन आदेश खारेज गरेपछि विभागले पुनः परीक्षाका लागि सूचना प्रकाशन गरेको हो ।

    यसअघि विभागले २८ फागुनका लागि तय गरेको परीक्षा पाटन उच्च अदालतले अल्पकालीन आदेश दिँदै स्थगन गरेको थियो । विभागले जारी गरेको ‘परीक्षासम्बन्धी सूचना’ समावेशी नभएको भन्दै पाटन उच्च अदालतमा मुद्दा परेको थियो । पाटन उच्च अदालतले दुवै पक्षबीच छलफल गर्नुपर्ने भन्दै २६ फागुनमा परीक्षा रोक्न अल्पकालीन आदेश दिएको थियो । 

    ‘उच्च अदालत पाटनको २६ फागुनको अल्पकालीन अन्तरिम आदेशका कारण २७ फागुनको सूचनाबाट भन्सार एजेन्टको लिखित परीक्षा स्थगित गरिएको थियो,’ विभागको सूचनामा उल्लेख छ, ‘अदालतको १३ चैतको सुनुवाइबाट उक्त अल्पकालीन अन्तरिम आदेशलाई निरन्तरता नदिई अन्तरिम आदेश जारी नगर्ने भएकाले पूर्वप्रकाशित सूचनाबमोजिमको लिखित परीक्षा १७ वैशाख ०७९ मा गरिने  छ ।’

    परीक्षामा साढे नौ हजार सहभागी हुने 
    विभागले गएको वर्ष फागुनमा ६ सय ६० जना भन्सार एजेन्टका लागि दरखास्त माग गरेको थियो । तोकिएको योग्यता पुगेका नागरिकले भन्सार एजेन्टमा नियुक्तिका लागि दरखास्त दिन आह्वान गरिएको थियो । भन्सार एजेन्टमा नियुक्तिका लागि करिब नौ हजार पाँच सयजनाले दरखास्त दिएका छन् । प्रतिस्पर्धी साढे नौ हजार उम्मेदवारमध्येबाट लिखित परीक्षा र अन्तर्वार्ताका माध्यमबाट ६ सय ६० जनालाई भन्सार एजेन्टका रूपमा नियुक्ति दिइनेछ। विभागले काठमाडौं उपत्यकामा परीक्षा सञ्चालन गर्नेछ । ४० देखि ५० वटा सेन्टरमा परीक्षा लिइनेछ ।

    प्रकाशित मिति :चैत्र २२ २०७८ मंगलवार - १०:३०:२७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij