Logo

२०८२ मंसिर ६ गते शनिवार

२०८२ मंसिर ६ गते शनिवार

निर्वाचनको बेला अर्थमन्त्रीको छापामार शैलीमा लुसुक्क कलकत्ता घुमघाम

निर्वाचनको बेला अर्थमन्त्रीको छापामार शैलीमा लुसुक्क कलकत्ता घुमघाम


  • 4.0K
    Shares

    निर्वाचनको बेला अर्थमन्त्रीको छापामार शैलीमा लुसुक्क कलकत्ता घुमघाम
    images

    अर्थमन्त्री जनार्दन शर्मा छापामार शैलीमा निर्वाचनको बेला भारतको व्यापारिक केन्द्र कलकत्ता पुगेर फर्कनुभएको छ । प्रधानमन्त्री तीन दिने औपचारिक भ्रमणमा राजधानी नयाँ दिल्ली पुगेको बखत अर्थमन्त्री तथा माओवादी नेता शर्मा भारतको पुरानो राजधानी कलकत्ता पुग्नुभएको हो ।

    प्रधानमन्त्री नेपाल वायुसेवा निगमको नियमित उडानमा नयाँ दिल्ली जानुभएको थियो भने शर्मा एअर इण्डियाको उडान AI 247 बाट दिउँसो डेढ बजे फर्कनुभएको हो । उहाँ किन जानुभयो र हिजै प्रधानमन्त्रीभन्दा केही घण्टाअगाडि स्वदेश फर्कनुभयो भन्नेबारे कसैले पनि बताउन चाहेनन् ।

    क्याबिनेट मन्त्रीले औपचारिक वा अनौपचारिक रुपमा मुलुक बाहिर जाँदा राज्य सञ्चालनको पद्दति पालना गर्नैपर्ने हुन्छ । उक्त पालना संवैधानिक मूल्य र मान्यताभित्र पर्छ । तर अर्थमन्त्री शर्मा बिदेश जाँदा प्रधानमन्त्रीको सिफारिसमा अर्को मन्त्रीलाई जिम्मेवारी दिइएको कुनै जानकारी राज्यले जनतालाई दिएको छैन ।

    अर्थसचिव प्रधानमन्त्रीसङ्ग नयाँ दिल्ली गएकै बेला अर्थमन्त्री पनि लुसुक्क कलकत्ता गएको बारे मन्त्रालयका अधिकांश अधिकारीहरुले अनभिज्ञता प्रकट गरेका छन् ।

     

    प्रकाशित मिति :चैत्र २१ २०७८ सोमवार - १६:४१:५९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij