Logo

२०८२ मंसिर ६ गते शनिवार

२०८२ मंसिर ६ गते शनिवार

भायानेटको नयाँ रिफरल योजना : ३ महिनासम्मको इन्टरनेट र एमआईको डुअल ब्याण्ड राउटर फ्रीमा पाउने

भायानेटको नयाँ रिफरल योजना : ३ महिनासम्मको इन्टरनेट र एमआईको डुअल ब्याण्ड राउटर फ्रीमा पाउने


  • 3.1K
    Shares

    भायानेटको नयाँ रिफरल योजना : ३ महिनासम्मको इन्टरनेट र एमआईको डुअल ब्याण्ड राउटर फ्रीमा पाउने
    images

    भायानेटको नयाँ रिफरल योजना सार्वजनिक भएको छ। यो योजनामा सहभागी भई ग्राहकले तीन महिनाको इन्टरनेट र  एम आइको डुअल ब्याण्ड राउटर सित्तैमा पाउने छन्।

    यो योजना अन्तर्गत भायानेट रिफर गर्ने र पाउने दुवैले एक महिनाको इन्टरनेट फ्री पाउने कम्पनीले जनाएको छ। त्यसका साथै ९० दिन भित्र कुनै पनि भायानेटको ग्राहकले तीन जना नयाँ ग्राहकलाई भायानेटको अल्ट्रा-फाई प्याक सफलता पूर्वक रिफर गरेमा एक महिनाको दरले तीन महिनाको इन्टरनेट र एम आइको डुअल ब्याण्ड राउटर पनि सित्तैमा पाउने छन्।

    ग्राहकले रिफरल इनामको लागि योग्य हुन उसले रिफर गरेको ब्यक्तीले ६ महिना वा सोभन्दा माथिको प्याकेज खरिद गरेको हुनुपर्छ ।भायानेटका ग्राहकले आफ्नो रिफरल बापतको उपहार नयाँ ग्राहकले इन्टरनेट जोडेर पहिलो पेमेन्ट गरेपछि पाउने छन्।

    ग्राहकले भायानेटको मोबाइल एप वा कस्टमर पोर्टलमा लग-इन गरी आफ्नो फ्री इन्टरनेट दावी गर्न सक्नेछन्।  भायानेटले प्रत्येक हप्ता एम आइको डुअल ब्याण्ड राउटर पाउन सफल रिफररहरूलाई आफ्नो इनाम सङ्कलन गर्न सम्पर्क गर्नेछ ।

    भायानेटले नेपालका सबै जसो मुख्य सहरहरूमा विभिन्न प्याकेजहरू मार्फत गुणस्तरीय इन्टरनेट र टिभी सेवा प्रदान गर्दै आएको छ। भायानेटले अल्ट्रा-फाई लाइन अप अन्तर्गत सुपथ मूल्यमा उच्च गतिको इन्टरनेट दिँदै आएको छ।

    विशेषगरी धेरै क्षमताको इन्टरनेट चाहिने ग्राहकहरूलाई लक्षित गरी ल्याइएको यो सेवामा १७५ एमबीपीएसको इन्टरनेट सँगै २ ओटा भायाटिभीहरू पनि उपलब्ध छन्। यसको मूल्य मात्र रू १२५० प्रति महिना रहेको छ।

    भायानेटले यस नयाँ रिफ­­रल योजना मार्फत आफ्नो ग्राहक वर्गमा थप उत्साह भर्ने आशा लिएको छ।  यो अफर सीमित अवधिको लागि मात्र रहने  कम्पनीले जनाएको छ ।

    प्रकाशित मिति :चैत्र २१ २०७८ सोमवार - १२:४७:१८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij