२०८२ मंसिर ६ गते शनिवार
अनलाइन बिङ्गो खेलिरहेको अवस्थामा बौद्धबाट १६ जना पक्राउ परेका छन् ।
बौद्ध प्लाटिङस्थित खाजा घरमा अनलाईन बिङ्गो खेलिरहेको अवस्थामा सिन्धुपाल्चोक घर भइ कागेश्वरी मनोहरा नगरपालिका-७ शिवचोक बस्ने २५ वर्षीय पासाङ शेर्पा लगायत १६ जनालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको हो ।
उक्त खाजा घरमा अनलाईन बिङ्गो खेल भइरहेको भन्ने सूचनाका आधारमा महानगरीय प्रहरी वृत्त बौद्धबाट प्रहरी खटिएको थियो ।
प्रहरीले उनीहरूलाई नगद ७४ हजार १ सय ५० रूपैयाँ सहित पक्राउ गरेको हो । साथै प्रहरीले उनीहरूको साथबाट १ हजार ५ सय पिस बिङ्गो टिकट र २ थान स्पिकर समेत बरामद गरेको छ ।यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाइएको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij