Logo

२०८२ मंसिर ६ गते शनिवार

२०८२ मंसिर ६ गते शनिवार

समृद्ध नेपाल, सुखी नेपालीलाई माया गर्ने मात्र कम्युनिष्ट हुन् : अध्यक्ष ओली

समृद्ध नेपाल, सुखी नेपालीलाई माया गर्ने मात्र कम्युनिष्ट हुन् : अध्यक्ष ओली


  • 3.6K
    Shares

    समृद्ध नेपाल, सुखी नेपालीलाई माया गर्ने मात्र कम्युनिष्ट हुन् :  अध्यक्ष ओली
    images

    एमालेका अध्यक्ष केपी ओलीले ‘समृद्ध नेपाल, सुखी नेपाल’ अभियानलाई माया गर्ने मात्र कम्युनिष्ट हुने बताएका छन् ।

     एमाले निकट बुद्धिजीवी परिषद्को १० औं राष्ट्रिय अधिवेशनको आइतबार उद्घाटन सत्रलाई सम्बोधन गर्दै ओलीले राष्ट्रिय हित चिताउने र गर्ने तथा जनताको सेवाका लागि काम गर्ने पार्टी कम्युनिष्ट हुने बताए ।

    देशमा नाफामूलक राजनीतिले अस्थिरता ल्याएको बताउँदै उनले नाफामूलक राजनीति गर्नेले नाफा नहुने बित्तिकै पार्टी टुक्र्याउने गरेको आरोप लगाए । 

    समृद्ध नेपाल र सुखी नेपालीको अभियानका साथ एमाले अघि बढेको भन्दै उनले देश र जनताको समयानुकूल समृद्धि बनाउने बाटोमा अघि बढेको बताए ।

    आस्थाका आधारमा कसैमाथि विभेद नगर्ने बताउँदै ओलीले राजनीतिक आस्थाभन्दा राष्ट्र हितको विषयमा मिलेर काम गर्न सकिने उल्लेख गरे । 

    प्रकाशित मिति :चैत्र २० २०७८ आइतवार - १४:२८:४९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij