२०८२ भाद्र ५ गते बिहिवार
काठमाडौं । विभाजित नेकपा मध्येको बहुमत नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अर्का अध्यक्ष माधवकुमार नेपाललाई एक नम्बरको अध्यक्ष मान्न पाउँदा आफूलाई आनन्द लागेको बताउएका छन् ।
स्थायी कमिटि बैठकमा प्रचण्डले नेपाललाई एक नम्बर अध्यक्ष मान्दा आफूलाई मनैदेखि आनन्द लागेको बताउएका हुन् । उनले भने ‘माधवजी र म मिलेको केपीजीलाई मन परेको थिएन । उहाँलाई असह्य भएको थियो । तर,हामी विचार,राजनीति मिलेकै कारण अहिले सँगै छौँ । त्यसैले मलाई माधवजीलाई एक नम्बरको अध्यक्ष मान्न पाउँदा आनन्द आँउछ । केपीजी जस्तो भए चैं के हुन्छ,हुन्छ ।’
प्रचण्डले गत वर्ष फागुनको केन्द्रीय कमिटी बैठकको सफलता ओली पक्षलाई मन नपरेको र त्यहिँबाट पार्टी विभाजनको सुरुआत गरिएको बताए । ‘मेरो अध्यक्षतामा पोहोर केन्द्रीय समितिको बैठक सफलतापूर्वक बडो जनवादी प्रक्रियामा सम्पन्न भयो । त्यो सफलता ओलीलाई असह्य भएपछि पूर्व एमालेहरूलाई एकतिर बनाउनुपर्छ भनेर गुटका भेला शुरु गरियो’ उनले भने।
अहिलेको संघर्ष केपी ओलीविरुद्ध नभई केपी प्रवृतिको विरुद्ध भएको पनि प्रचण्डको भनाई छ । ‘अहिले बाहिर सेटिङका हल्ला धेरै सुनिएका छन्, म त्यस्तो होला भन्ने पत्याउन त चाहन्नँ तर सत्ताको दबाब हुनसक्छ’ उनले भने ‘उहाँहरु (सर्वोच्च अदालत र निर्वाचन आयोग)ले सहि निर्णय गर्नुहुन्छ । भरोसा त गरेकै छौं । सहजीकरण गर्न जनता सडकमा आउनै पर्छ ।’
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij