Logo

२०८२ मंसिर ६ गते शनिवार

२०८२ मंसिर ६ गते शनिवार

नेपाल-भारतबीच जलविद्युत विकासका लागि 'जोइन्ट भिजन अन पावर को-अपरेसन' मा सहमति

नेपाल-भारतबीच जलविद्युत विकासका लागि 'जोइन्ट भिजन अन पावर को-अपरेसन' मा सहमति


  • 3.2K
    Shares

    नेपाल-भारतबीच जलविद्युत विकासका लागि 'जोइन्ट भिजन अन पावर को-अपरेसन' मा सहमति
    images

    प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमण क्रममा दुई देशबीच जलविद्युत विकास क्षेत्रमा महत्वपूर्ण सहमति भएको छ।

    नेपालमा जलविद्युत विकास र यहाँ उत्पादित बिजुली भारत निकासीको दिर्घकालीन सम्भावनाका हिसाबले यो सहमति एक किसिमले 'ब्रेक थ्रु' नै भएको ऊर्जा मन्त्रालयका एक उच्च अधिकारीले बताए।

    नेपाल र भारतले जलविद्युत विकासका लागि 'जोइन्ट भिजन अन पावर को-अपरेसन' मा सहमति गरेका छन्। यो सहमतिको विस्तृत आउन बाँकी छ। आइतबार दुई देशले जारी गर्ने संयुक्त विज्ञप्तिमा यो विषय विस्तृतमा आउनेछ।

    नेपालको जलविद्युत विकासमा भारतीय कम्पनीहरू थप सहभागी हुने विषयमा पनि सहमति भएको मोदीले बताए। 

    त्यही अवसरमा मोदीले भारतले नेपालबाट उत्पादित थप बिजुली किन्नेमा स्वीकृति दिन लागेको पनि जानकारी दिए।

    'यो प्रसन्नताको विषय छ कि नेपालले आफूलाई धेरै भएको बिजुली भारतमा बेचिरहेको छ। यसले नेपालको आर्थिक प्रगतिमा ठूलो योगदान दिनेछ,' उनले भने, 'मलाई यो भनिरहँदा हर्ष हुन्छ कि नेपालले थप बिजुली भारतमा बेच्ने प्रस्तावलाई पनि हामी स्वीकृति दिँदैछौं।'

    यसका साथै ऊर्जा क्षेत्रमा नेपाल, भारत, भुटान र बंगलादेशबीच सहकार्य गर्ने विषयमा पनि सहमति भएको ऊर्जा मन्त्रालायका अधिकारीले बताए।

    नेपाल र भारतबीच ऊर्जा क्षेत्रमा भएका यी तीनै सहमति महत्वपूर्ण छन्। सही कार्यान्वयन भएमा जलविद्युतको विकासमा यो साँच्चै नै ठूलो फड्को हुनेछ।

     

    प्रकाशित मिति :चैत्र २० २०७८ आइतवार - ११:२९:१५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij