Logo

२०८२ मंसिर ६ गते शनिवार

२०८२ मंसिर ६ गते शनिवार

प्रधानमन्त्री देउवा आज अपरान्ह ४ बजे स्वदेश फर्कने

प्रधानमन्त्री देउवा आज अपरान्ह ४ बजे स्वदेश फर्कने


  • 3.5K
    Shares

    प्रधानमन्त्री देउवा आज  अपरान्ह ४ बजे स्वदेश फर्कने
    images

    भारतको औपचारिक भ्रमणमा गएका प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा आज स्वदेश फर्कने भएका छन्।

    प्रधानमन्त्री देउवा आज बिहान नयाँदिल्लीबाट बनारस जाने कार्यक्रम छ।बनारसमा प्रधानमन्त्री देउवालाई उत्तरप्रदेशका मुख्यमन्त्री आदित्यनाथले स्वागत गर्ने कार्यक्रम छ।

    बनारसका विश्वनाथलगायत मन्दिरमा प्रधानमन्त्री देउवाले पूजाआजा गर्ने कार्यक्रम पनि छ।प्रधानमन्त्री देउवा बनारसबाट नयाँदिल्ली पुगेर त्यहाँबाट अपरान्ह ४ बजे स्वदेश फर्कने कार्यक्रम छ।

    प्रधानमन्त्री देउवा शुक्रबार भारत भ्रमणमा गएका थिए। शनिबार देउवा र भारतीय समकक्षी नरेन्द्र मोदीसँग भेटवार्ता भएको थियो।

    प्रधानमन्त्री देउवाले सीमा विवादलगायतबारे कुरा उठाएका थिए। प्रधानमन्त्री देउवा र भारतीय समकक्षी मोदीले संयुक्त रूपमा जनकपुर-जयनगर रेल पनि उद्घाटन गरेका थिए भने विभिन्न सम्झौतासमेत यो भ्रमणका क्रममा भएका छन्।

    प्रकाशित मिति :चैत्र २० २०७८ आइतवार - १०:०४:१० बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij