Logo

२०८२ भाद्र ५ गते बिहिवार

२०८२ भाद्र ५ गते बिहिवार

परराष्ट्रमन्त्रीले भारतमा को-को भेट्दैछन्, ओलीको दूत बनेर मोदीसंग हुदैछ यस्तो सम्झौता 

परराष्ट्रमन्त्रीले भारतमा को-को भेट्दैछन्, ओलीको दूत बनेर मोदीसंग हुदैछ यस्तो सम्झौता 


  • 6.0K
    Shares

    परराष्ट्रमन्त्रीले भारतमा को-को भेट्दैछन्, ओलीको दूत बनेर मोदीसंग हुदैछ यस्तो सम्झौता 

    काठमाडौं । आजैदेखि शुरु भएको नेपाल–भारत संयुक्त आयोगको छैटौँ बैठकमा भाग लिने प्रतिनिधिमण्डलको नेतृत्व गर्दै परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली आज बिहान भारतको राजधानी नयाँदिल्ली प्रस्थान गरेका छन् ।

    उक्त बैठकमा नेपाल–भारत सम्बन्धका सबै विषयका साथै व्यापार, पारवहन, ऊर्जा, सिमाना, कोभिड–१९ सहयोग, भौतिक पूर्वाधार, सम्पर्क सञ्जाल, लगानी, कृषि, पर्यटन एवं संस्कृतिबारे छलफल हुने कार्यक्रम छ र यिनै बिषयमा केन्द्रित केही सम्झौता समेत हुने छ। 

    भारतका बाह्य मामिला मन्त्री जयशङ्कर सुब्रमहण्यम र नेपालका परराष्ट्रमन्त्रीले बैठकको सहअध्यक्षता गर्नेछन् । नयाँदिल्लीमा रहँदा मन्त्री ज्ञवालीले भारत सरकारका उच्च अधिकारीसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

    उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेट गर्नेछन् । स्रोतकाअनुसार मन्त्री ज्ञवालीले प्रधानमन्त्री केपी शर्मा ओलीको सन्देश मोदीलाई दिनेछन् । मोदी संग गहन बिसयमा छलफल हुने बुझिएको छ। 

    मन्त्री ज्ञवालीका साथ परराष्ट्र मन्त्रालयका सचिव भरतराज पौड्याल र स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव लक्ष्मण अर्याल छन् । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा उनलाई परराष्ट्र मन्त्रालयका उच्च अधिकारीले बिदाइ गरेका थिए ।

    नेपाल–भारत सम्बन्धका सबै पक्षमा परराष्ट्रमन्त्रीस्तरमा वर्षेनी विचार विमर्श गर्ने उद्देश्यले २०४३ सालमा संयुक्त आयोग गठन भएको हो । आयोगको बैठक आलोपालो गरी नयाँदिल्ली र काठमाण्डुमा हुँदै आएको छ । सत्र महिनाअघि आयोगको पाँचौं बैठक काठमाण्डुमा भएको थियो । कोभिड–१९ को विश्वव्यापी महामारीका कारण यो बैठक निर्धारित समयभन्दा पाँच महिनापछि हुन लागेको हो ।

    प्रकाशित मिति :माघ १ २०७७ बिहिवार - १४:३०:२१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij