Logo

२०८२ मंसिर ६ गते शनिवार

२०८२ मंसिर ६ गते शनिवार

वाम एकतामा चीनको चासो : देव गुरूङ

वाम एकतामा चीनको चासो : देव गुरूङ


  • 2.7K
    Shares

    वाम एकतामा चीनको चासो : देव गुरूङ
    images

    नेकपा (माओवादी केन्द्र) का प्रमुख सचेतक देव गुरूङले चीनले नेपालमा वामपन्थी एकता चाहेको बताएका छन्।

    ‘वाम एकतामा उसको स्वभाविक चासो हो। एउटा कम्युनिष्ट पार्टीले यस्तो अपेक्षा राख्नु र सुझाव दिनु नयाँ होइन,’ उनले भने,‘उनीहरूले नेपालको स्थिरता, स्थायित्वको र विकासको लागि कम्युनिष्टहरू मिल्दा राम्रो हुन्छ भन्ने सुझाव दिएका छन्।’

    ‘चाइना फाउन्डेसन फर पिस एन्ड डेभलपमेन्ट’ नामक संस्थाको निमन्त्रणामा गुरूङ चैत ११ गते चीन गएका थिए। उनी मंगलबार नेपाल फर्किएका हुन्। बेइजिङमा रहँदा नेताहरूसँग भेट्ने औपचारिक कार्यक्रम नभए पनि साँझ-बिहान अनौपचारिक छलफल भएको उनले बताए।

    गुरूङले चिनियाँ नेताहरूले अमेरिकी सहयोग परियोजना एमसिसी एसिया प्रशान्त रणनीति आइपिएसकै अंग भएको दाबी गरेको बताए। संसदबाट घोषणा भएको १२ बुँदेले आइपिएसको अंग हो भन्ने रोक्नेमा आशंका रहेको समेत उनीहरूको भनाइ थियो।

    ‘यो क्षेत्रमा शान्ति, स्थिरता र समृद्धिको यात्रामा अघि बढ्नु पर्नेछ। अमेरिकाले आइपिसएको लाइनबाट सैन्य रणनीति योजना यो क्षेत्रमा ल्याउन खोजेको देखिन्छ। त्यसले शान्ति र विकासमा असर पर्न सक्छ भन्ने थियो,’ उनले भने,‘एमसिसी पारित हुनु दुई पक्षीय मामिला पर्‍यो तर उनीहरूको बुझाइ एमसिसी आइपिएसकै अंग हो भन्ने छ। एमसिसी पारित भएपछि आइपिएसको अभियान सुरू हुने त होइन भनेर उनीहरूले बुझेका छन्।’

    थुप्रै अन्तर्राष्ट्रिय सम्झौतालाई अमेरिकाले नमानेको भन्दै चिनियाँहरूले १२ बुँदेको महत्व आफ्नै होला तर कुरालाई अमेरिकाले नमान्ने हो कि भनेर आशंका गरेको गुरूङले बताएका छन्।

    प्रकाशित मिति :चैत्र १७ २०७८ बिहिवार - १२:१६:४२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij