Logo

२०८२ भाद्र ५ गते बिहिवार

२०८२ भाद्र ५ गते बिहिवार

देउवाले यस्तो अत्तो थापेपछि प्रचण्ड-माधवले बोलाए बैठक, ओलीलाई सोत्तर पार्न बन्यो योजना 

देउवाले यस्तो अत्तो थापेपछि प्रचण्ड-माधवले बोलाए बैठक, ओलीलाई सोत्तर पार्न बन्यो योजना 


  • 8.7K
    Shares

    देउवाले यस्तो अत्तो थापेपछि प्रचण्ड-माधवले बोलाए बैठक, ओलीलाई सोत्तर पार्न बन्यो योजना 

    काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को प्रचण्ड-माधव समूहले स्थायी कमिटी बैठक बोलाएको छ । हिजो कांग्रेस सभापति शेरबहादुर देउवालाई भेटे पछि आज बैठक बोलाइएको हो ।  

    अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र माधव नेपालले बुधवार कांग्रेस सभापति शेरबहादुर देउवालाई भेटेर सहकार्यको प्रस्ताव राखेका थिए। उक्त प्रस्तावबारे नेताहरुलाई ब्रिफिङ गर्न स्थायी कमिटी बैठक बोलाइएको हो । बिहीवार दिउँसो ३ बजे पार्टी कार्यालय पेरिसडाँडामा स्थायी कमिटी बैठक बोलाएको स्थायी कमिटी सदस्य गणेश साहले जानकारी दिए । श्रोतका अनुसार पार्टीको बैठक राखेर निर्णय गरे प्रचण्ड माधवलाई साथ दिन सकिने देउवाको भनाई पछि आज बैठक बस्न लागेको हो । 

    कांग्रेससँग भएको प्रस्तावबारे स्थायी कमिटीमा छलफल हुने उनको भनाई छ । "के भएको हो स्थायी कमिटीमा छलफल हुन्छ," उनले भने। प्रतिनिधि सभा विघटनपछि कांग्रेसँग सहकार्य गर्ने नीति अनुसार नै अध्यक्षले भेटेको नेकपाका नेताहरुको भनाई छ ।

    साहले आन्दोलनको मोर्चाबन्दीबारे कांग्रेससँग मात्रै नभइ प्रधानमन्त्री केपी ओलीको कदमका बिरुद्ध उभिएका सबै राजनीतिक दलसँग छलफल भइरहेको बताए। अरु राजनीतिक दलहरुले संघर्षका लागि मोर्चा बनाउन प्रचण्ड माधव समूहलाई साथ दिने बताइसकेको भए पनि कांग्रेसले हालसम्म निर्णय गरिसकेको छैन। बिरोध गरे पनि शसक्त आन्दोलनमा जाने बारेमा कांग्रेसले निर्णय गरिनसकेका बेला नेकपाको ओली इतर समूहले सहकार्यका लागि प्रस्ताव गरेको हो ।

    बिहीवारको स्थायी कमिटी बैठकमा ओलीको बिरुद्धको आन्दोलनलाई कसरी शसक्त बनाउने भन्नेमा केन्द्रित हुने छ । यस्तै पार्टी संगठनमा नेताहरुको कार्य विभाजनका बिषयमा समेत छलफल हुने भएको छ । एकताको बाँकी काम र कार्य विभाजनका लागि अध्यक्ष माधव नेपालको संयोजकत्वको कार्यदलले काम गरिरहेको छ । अब कांग्रेस संग मिलेर ओलीलाई सोत्तर पार्ने प्रचण्ड माधवको योजना छ ।

    प्रकाशित मिति :माघ १ २०७७ बिहिवार - १३:४७:३९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij