२०८२ मंसिर ६ गते शनिवार
आज बुधबार नेपालको टी–ट्वान्टी अन्तर्राष्ट्रिय सिरिजमा मलेसियासँग प्रतिस्पर्धा हुँदैछ । सिरिजको पहिलो खेलमा पपुवा न्युगिनी (पीएनजी) लाई हराएको नेपाल आफ्नो दोस्रो खेलमा मलेसियासँग भिड्न लागेको हो । त्रिवि क्रिकेट मैदानमा हुने नेपाल र मलेसियाबीचको खेल १२ः३० मा सुरु हुनेछ ।
पहिलो खेलमा सहज जित निकालेको नेपाल आजको खेलमा जित निकाल्दै प्रतियोगितामा आफूलाई बलियो बनाउने योजनामा छ । यता पहिलो खेलमा पीएनजीमाथि सहज जित हाँसिल गरेको मलेसिया नेपाललाई हराउँदै फाइनलका लागि आफूलाई दाबेदारी प्रस्तुत गर्ने योजनामा छ ।
नेपाल र मलेसियाबीचको इतिहास हेर्दा नेपाल बलियो छ । पछिल्ला चार खेलको नतिजा हेर्दा नेपाल मलेसियामाथि हाबी छ । नेपालले पछिल्ला चार खेलमा सहज जित निकालेको छ । त्यसैले नेपाल आजको खेलमा सहज जितको अपेक्षामा छ ।
घरेलु मैदानमा भइरहेको सिरिज नेपाल आफ्नो पक्षमा गर्ने योजनामा छ । यता मलेसिया पनि घरेलु टोलीलाई हराउँदै प्रतियोगितामा बलियो दाबेदारी प्रस्तुत गर्ने योजनामा छ । पीएनजीमाथि सहज जित्न सफल मलेसिया उच्च मनोबलमा छ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij