२०८२ भाद्र २ गते सोमवार
कतारको एक कम्पनीले पुरुष कामदारको माग गरेको छ । कतारको दोहा सहरमा रहेको SIDHEEQUE CAFTERIA AND JUICE STALL कम्पनीले ६ जना नेपाली पुरुष कामदारको माग गरेको हो ।
न्यूनतम योग्यता सम्बन्धित काममा दक्ष हुनु पर्ने छ । कामदारले हप्तामा ६ दिन र दैनिक ८ घण्टा काम गर्नु पर्ने छ । करार अवधि २ वर्षे रहेको छ । कम्पनीको नियमअनुसार कामदारले वार्षिक बिदा पनि पाउने छन् ।
कामदारले खान बस्नेतसहित तलब ३३ हजार देखि ४६ हजार बढी पाउनेछ । इच्छुक कामदारले Chandra Kamana Manpower Pvt.Ltd. काठमाडौंमा चैत्र २१ गते अन्तरवार्ता दिनुपर्ने छ ।
स्वदेशमा हुने मेडिकलको खर्च, स्वदेशमा हुने जीवन बिमा, भिसा स्ट्याम्पीङ शुल्क, हवाई टिकट, भिसा शुल्क, विदेशमा हुने बिमा शुल्क, विदेशमा गरिने मेडिकल खर्च रोजगार दाताले बेहोर्ने छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij