Logo

२०८२ भाद्र ५ गते बिहिवार

२०८२ भाद्र ५ गते बिहिवार

परराष्ट्रमन्त्री ज्ञवाली भारत प्रस्थान

परराष्ट्रमन्त्री ज्ञवाली भारत प्रस्थान


  • 6.4K
    Shares

    परराष्ट्रमन्त्री ज्ञवाली भारत प्रस्थान

    काठमाडौं । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली तीन दिने भारत भ्रमणका लागि आज नयाँ दिल्ली प्रस्थान गरेका छन् ।

    परराष्ट्र मन्त्रालयका अनुसार नेपाल भारत संयुक्त आयोगको छैटौं बैठकका लागि मन्त्री ज्ञवाली त्यसतर्फ प्रस्थान गरेका हुन् ।परराष्ट्र मन्त्रालयले आयोगको बैठकमा नेपाल भारत द्विपक्षिय सम्बन्धका विविध विषयमा छलफल हुने जनाएको छ ।

    छलफलका क्रममा व्यापार, पारवहान, उर्जा, सीमा, कोभिड-१९ साझेदारी, पूर्वाधार, लगानी, कृषि, पर्यटन, संस्कृति, कनेक्टिभिटीका क्षेत्रमा छलफल हुने मन्त्रालयले वक्तव्य जारी गर्दै जनाएको छ । दिल्लीमा रहँदा मन्त्री ज्ञवालीले उच्चस्तरीय भेटवार्ता गर्ने समेत मन्त्रालयले जनाएको छ ।

    मन्त्री ज्ञवालीको टोलीमा भारतका लागि नेपाली राजदूत, परराष्ट्र सचिव, स्वास्थ्य सचिव तथा अन्य उच्च सरकारी अधिकारीहरु सहभागी छन् । मन्त्री ज्ञवाली ३ गते नेपाल फर्किने छन् ।

    प्रकाशित मिति :माघ १ २०७७ बिहिवार - ११:४६:४५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij