Logo

२०८२ भाद्र ५ गते बिहिवार

२०८२ भाद्र ५ गते बिहिवार

प्रचण्ड–नेपाल समूहको स्थायी समिति बैठक बस्दै

प्रचण्ड–नेपाल समूहको स्थायी समिति बैठक बस्दै


  • 6.1K
    Shares

    प्रचण्ड–नेपाल समूहको स्थायी समिति बैठक बस्दै

    काठमाडौं । प्रचण्ड–नेपाल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी समिति बैठक आज दिउँसो बस्दै छ।

    स्थायी समिति सदस्य गिरिराजमणि पोखरेलले दिउँसो ३ बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बैठक बस्न लागेको जानकारी दिए। बैठकको एजेन्डाबारे भने केही जानकारी नगराइएको उनले बताए । ‘दिउँसो ३ बजेका लागि बैठकको सूचना आएको छ, एजेन्डाबारे केही बताइएको छैन’।

    पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटन गरेपछि प्रचण्ड–नेपाल समूह सडक संघर्षमा उत्रिएको छ । पार्टीले घोषणा गरेको दोस्रो चरणका संघर्षका कार्यक्रमहरु जारी रहेकै बेला स्थायी समितिको बैठक बस्न लागेको हो ।

    बैठकमा आन्दोलनका कार्यक्रमहरुका साथमा देशभर भइरहेका कार्यकर्ता भेला, प्रशिक्षण तथा सभा समारोह लगायतका कार्यक्रमको समीक्षा गर्नुका साथै कार्यक्रमलाई थप प्रभावकारी कसरी बनाउने भन्ने विषयमा पनि छलफल हुने बताइएको छ ।

    प्रकाशित मिति :माघ १ २०७७ बिहिवार - ११:१५:५८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij