Logo

२०८२ भाद्र १ गते आइतवार

२०८२ भाद्र १ गते आइतवार

मधेस प्रदेशसभाको बैठक आज २ बजे बस्दै

मधेस प्रदेशसभाको बैठक आज २ बजे बस्दै


  • 3.0K
    Shares

    मधेस प्रदेशसभाको बैठक आज २ बजे बस्दै

    जनकपुर । मधेस प्रदेशको प्रदेशसभा बैठक आज अपराह्न २ बजे बस्न लागेको छ । प्रदेशसभा सचिवालयका अनुसार बैठकमा प्रदेश सरकारले कृषि विश्वविद्यालय तथा प्राविधिक शिक्षा विश्वविद्यालयसम्बन्धी प्रतिस्थापन विधेयक प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको प्रदेशसभा सचिवालयका सचिव रञ्जीतकुमार यादवले जानकारी दिनुभयो ।     
         
    यस्तै अघिल्लो बैठकमा प्रदेश सरकारद्वारा प्रस्तुत प्रदेश प्रहरी ऐन कार्यान्वयनसम्बन्धी सङ्कल्प प्रस्तावमाथि समेत छलफल हुने कार्यसूची रहेको सचिव यादवले बताउनुभयो ।     
         
    यसअघि फागुन १ गते आह्वान गरेको प्रदेशसभाको बैठक विशेष कारण जनाउँदै प्रदेशसभा सचिवालयले पटक–पटक गरी चारपटक स्थगन गरेको थियो ।

    प्रकाशित मिति :चैत्र ११ २०७८ शुक्रवार - १०:०९:४५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij