Logo

२०८२ मंसिर ६ गते शनिवार

२०८२ मंसिर ६ गते शनिवार

कलंकीमा कारले मोटरसाइकल, स्कुटर र पैदलयात्रीलाई ठक्कर दियो, ६ जना घाइते

कलंकीमा कारले मोटरसाइकल, स्कुटर र पैदलयात्रीलाई ठक्कर दियो, ६ जना घाइते


  • 2.3K
    Shares

    कलंकीमा कारले मोटरसाइकल, स्कुटर र पैदलयात्रीलाई ठक्कर दियो, ६ जना घाइते
    images

    काठमाडौं । कलंकीमा कारले मोटरसाइकल, स्कुटर र पैदलयात्रीलाई ठक्कर दिँदा ६ जना घाइते भएका छन् ।

    महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता एसपी सञ्जिव शर्माका अनुसार बिहीबार दिउँसो कालिमाटीबाट कलंकीतर्फ आउँदै गरेको बा ५ च ५४४० नम्बरको कारले एउटा मोटरसाइकललाई ठक्कर दिएको थियो । त्यसपछि हुत्तिएको कारले स्कुटर, पैदलयात्रीलाई ठक्कर दिँदै सटरमा गएर ठोक्किएको प्रहरीले जनाएको छ ।

    कलंकी ट्राफिकका एक अधिकारीका अनुसार चालकले मोटरसाइकललाई ठक्कर दिएपछि आत्तिएर एक्सिलेटर दबाउँदा घटना भएको आशंका गरिएको छ । घटनामा घाइतेहरुको अवस्था खतरामुक्त छ, उनीहरुको शहीद मेमोरियल अस्पतालमा उपचार भइरहेको छ ।

    थप अनुसन्धान जारी रहेको प्रहरीले बताएको छ ।

    प्रकाशित मिति :चैत्र १० २०७८ बिहिवार - १६:०५:५२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij