Logo

२०८२ मंसिर ६ गते शनिवार

२०८२ मंसिर ६ गते शनिवार

चीनमा विमान दुर्घटना : १३२ जनाको अवस्था अझै अज्ञात, सबैको मृत्यु भएको आशंका

चीनमा विमान दुर्घटना : १३२ जनाको अवस्था अझै अज्ञात, सबैको मृत्यु भएको आशंका


  • 3.1K
    Shares

    चीनमा विमान दुर्घटना : १३२ जनाको अवस्था अझै अज्ञात, सबैको मृत्यु भएको आशंका
    images

    चीनमा भएको विमान दुर्घटनाबारे विस्तृत जानकारी अझैसम्म प्राप्त नभएको त्यहाँका सञ्चारमाध्यमले जनाएका छन् ।

    सोमबार स्थानीय समय अनुसार दिउँसो २ बजेतिर १३२ जना सवार चिनियाँ विमान दुर्घटनामा परेको को थियो ।

    १२३ जना यात्रु र चालकदलका ९ सदस्यसहितको चाइना इस्टर्न बोइङ ७३७ चीनको दक्षिणी प्रान्त ग्वाङ्सीमा दुर्घटनाग्रस्त भएको हो । स्थानीय बासिन्दाले विमान सिधै तल खसेको देखेको बताएको ग्लोबल टाइम्सले उल्लेख गरेको छ ।

    विमानमा रहेका सबैको मृत्यु भएको आंशका गरिए पनि हालसम्म कसैको अवस्था बारे स्पष्ट जानकारी नभएको समाचार संस्था सिन्ह्वाले जनाएको छ । ८ हजार ८६९ मिटरको उचाइमा रहेका बेला विमान दुर्घटनामा परेको हो । त्यसका कारण वन क्षेत्रमा आगलागी समेत भएको थियो । दुर्घटना लगत्तै राष्ट्रपति सी जिनपिङले खोजी तथा उद्धारका लागि आदेश दिएको सिन्ह्वाले उल्लेख गरेको छ ।

    युनान प्रान्तको कुनमिङबाट स्थानीय समय अनुसार दिउँसो सवा १ बजेतिर उडान भरेको विमान दिउँसो ३ बजेर सात मिनेट जाँदा ग्वान्झाउ पुग्ने तालिका थियो । तर बिचै विमान दुर्घटनामा परेको हो ।

    अहिले पनि खोजीकार्य जारी रहेको उल्लेख छ ।

    प्रकाशित मिति :चैत्र ८ २०७८ मंगलवार - १२:५०:५१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij