Logo

२०८२ मंसिर ६ गते शनिवार

२०८२ मंसिर ६ गते शनिवार

सवारी दुर्घटनामा एक युवकको मृत्यु

सवारी दुर्घटनामा एक युवकको मृत्यु


  • 2.6K
    Shares

    सवारी दुर्घटनामा एक युवकको मृत्यु
    images

    स्याङ्जा। वालिङ्बाट बुटवलतर्फ जाँदै गरेको मोटरसाइकल र विपरित दिशातर्फबाट आइरहेको यात्रुवाहक सवारी साधन ठोक्किदा मोटरसाइक चालक २७ वर्षीय जीतेन्द्र पटेलको ज्यान गएको छ। मृत्यु हुने पटेल रुपन्देहीको शुद्धोधन गाउँपालिका ५ घर भइ हाल गल्याङस्थित एक मोटरसाइकल वर्कसपमा काम गर्थे।  

    बुटवलतिर जाँदै गरेको ग.१५प. ७४४७ नं. को मोटरसाइकल र अर्को दिशाबाट आइरहेको लु.२ ख. ५२९० नं. को फोर्स कम्पनीको गाडी सोमबार दिउँसो सिद्धार्थ राजमार्ग अन्तर्गत गल्याङ् नगरपालिका १ नब्बे बजारमा ठोक्किदा पटेल घाइते भएका थिए। 

    घाइते पेटलको उपचारका क्रममा सोमबार नगर अस्पताल गल्याङमा मृत्यु भएको प्रहरी नायब उपरीक्षक राजेन्द्रप्रसाद अधिकारीले जानकारी दिए। उनका अनुसार सोमबार दिउँसो १ बजे दुर्घटना भएको थियो।
    दुबै सवारी साधन र गाडी चालक प्रहरीको नियन्त्रणमा रहेको र थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। 


     

    प्रकाशित मिति :चैत्र ८ २०७८ मंगलवार - १२:३८:१३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij