२०८२ भाद्र २ गते सोमवार
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले दैनिक नयाँ रेकर्ड राखिरहेको छ ।
साताको चौथो दिन आज (बुधबार) पनि नेप्सेले हालसम्मकै उच्च विन्दुमा पुगेर नयाँ रेकर्ड राखेको हो । मंगलबार नेप्से २८.३१ अंकले बढेर दुई हजार दुई सय ६७ दशमलब ७३ विन्दुमा पुगेर नयाँ रेकर्ड राखेको थियो ।
आज नेप्से १८.८१ अंकले बढेर दुई हजार दुई सय ८६.५४ विन्दुमा पुगेको छ । यो हालसम्मकै उच्च विन्दु हो । आज ५ अर्ब ९१ करोड ४३ लाख ८९ हजार २६१ रुपैयाँ बराबरको कारोबार भएको छ ।
नेप्सेका अनुसार आज कारोबार भएका कूल १२ उपसमूहमध्ये २ वटा समूह घटेका छन् भने अन्य १२ वटा समूह बढेका छन् ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij