२०८२ मंसिर ६ गते शनिवार
काठमाडौं । भक्तपुरको मध्यपुर थिमी नगरपालिका–३ कौशलटारमा ट्रयाक्टरबाट लढेर एक किशोरको मृत्यु भएको छ ।
उदयपुरको गाइघाटका १८ वर्षीय प्रदीप कार्कीको मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ । बालुवा र सिमेन्ट घोल्ने मिक्सचर बोकेको ना ७ त २७७४ नम्बरको ट्रयाक्टरबाट उनी शुक्रबार राति अन्दाजी सवा नौ बजे खसेका थिए ।
लडेर गम्भीर घाइते भएका उनको उपचारका लागि ट्रमा सेन्टर लैजाँदै गर्दा मृत्यु भएको परिसका प्रवक्ता प्रहरी नायव उपरीक्षक राजु पाण्डेले जानकारी दिए ।
उनी सवार ट्रयाक्टर काठमाडौंबाट भक्तपुरतर्फ जाँदै थियो । घटनापछि ट्रयाक्टर चालक झापा कन्काई नगरपालिका–५ का २७ वर्षीय रोशन गुरुङलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij