२०८२ मंसिर ६ गते शनिवार
नुवाकोट। नुवाकोटको ककनी गाँउपालिका–३ अचराङमा शुक्रबार राति आगलागी हुँदा तीन घर जलेर नष्ट भएका छन्। प्रहरीका अनुसार आगलागीबाट मैते तामाङ, बुद्धिमान तामाङ र सागर तामाङको घर जलेर नष्ट भएको हो।
तीनै जना दाजु भाइ हुन्। आगलागीबाट उनीहरूको अन्नपात, भाडावर्तन, लत्ताकपडा, गरगहनासहितको धनसम्पत्ति जलेर नस्ट भएको छ।
स्थानीय र ककनीबाट गएको नेपाल प्रहरीको संयुक्त टोलीले आगो नियन्त्रणमा लिएको थियो। तर, पनि घरमा भएका सामान र धनमाल जोगाउन नसकिएको ककनी–३ का वडाध्यक्ष घननाथ बजगाईंले बताए।
आगलागीको कारण यकिन नभए पनि विद्युतीय मिटर बक्सबाट शुरू भएको देखिएकाले विद्युत् सर्ट भएर हुनसक्ने प्रहरीको अनुमान छ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij