Logo

२०८२ मंसिर ६ गते शनिवार

२०८२ मंसिर ६ गते शनिवार

लमजुङमा साढे ३० हजार जनाले लगाए बुस्टर डोज

लमजुङमा साढे ३० हजार जनाले लगाए बुस्टर डोज


  • 3.1K
    Shares

    लमजुङमा साढे ३० हजार जनाले लगाए बुस्टर डोज
    images

    लमजुङ । लमजुङमा ३० हजार ५ सय २० जनाले कोरोना भाइरसविरुद्धको खोपको बुस्टर डोज लगाएका छन्।

    कोरोनाविरुद्धको दोस्रो मात्रा खोप लगाएको ६ महिना पूरा भएका व्यक्तिले बुस्टर खोप लगाएका हुन् । जिल्लामा हालसम्म १ लाख २४ हजार ७ सय ६९ जनाले कोरोनाविरुद्धको खोप लगाएका हुन्। जसमध्ये पूर्ण खोप तथा दोस्रो मात्रा खोप लगाउनेको संख्या १ लाख १९ हजार ९ सय ९८ रहेको जिल्ला स्वास्थ्य कार्यालय लमजुङले जनाएको छ ।

    स्वास्थ्य कार्यालयले कूल १ लाख ३२ हजार ८ सय ७० जनालाई कोरोनाविरुद्धको खोप लगाउने लक्ष्य लिएको थियो । पहिलो खोप ९४.३६ प्रतिशतले लगाएको स्वास्थ्य कार्यालयका भेक्टर कन्ट्रोल निरीक्षक यम बरालले जानकारी दिए। उनका अनुसार दोस्रो मात्र खोप ९०.७५ प्रतिशतले लगाएका छन् ।

    कार्यालयले १८ वर्षमाथिका १ लाख १३ हजार ४ सय ८२ र १२ देखि १७ बर्षका १९ हजार ३ सय ८८ जनालाई कोरोनाविरुद्धको खोप लगाउने लक्ष्य लिएको थियो । १२ देखि १७ बर्षसम्मका १६ हजार ९ सय ४६ मजनालाई मोर्डनाको पहिलो डोज खोप लगाइएको छ भने दोस्रो मात्रा लगाउनेको संख्या १५ हजार २ सय ९ रहेको स्वास्थ्य कार्यालयले जनाएको छ।

    जिल्लामा सुरुमा अभियानकै क्रममा खोप लगाइएकोमा पछिल्लो समय जिल्ला अस्पताल लमजुङबाट प्रत्येक साताको सोमबार र बिहीबार नियमित रुपमा खोप दिइदै आएको स्वास्थ्य कार्यालयका प्रमुख अमर दवाडीले बताए।

    प्रकाशित मिति :चैत्र ४ २०७८ शुक्रवार - १०:४२:०३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij