Logo

२०८२ मंसिर ६ गते शनिवार

२०८२ मंसिर ६ गते शनिवार

प्रशासन मन्त्रालयले ‘निजामती कर्मचारीका सन्ततिलाई शैक्षिक प्रोत्साहन वृत्ति उपलब्ध गराइने (निर्देशिकासहित)

प्रशासन मन्त्रालयले ‘निजामती कर्मचारीका सन्ततिलाई शैक्षिक प्रोत्साहन वृत्ति उपलब्ध गराइने (निर्देशिकासहित)


  • 3.3K
    Shares

    प्रशासन मन्त्रालयले ‘निजामती कर्मचारीका सन्ततिलाई शैक्षिक प्रोत्साहन वृत्ति उपलब्ध गराइने (निर्देशिकासहित)
    images

    काठमाडाैं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ‘निजामती कर्मचारीका सन्ततिलाई शैक्षिक प्रोत्साहन वृत्ति उपलब्ध गराउने सम्बन्धी निर्देशिका, २०७८’ जारी गरेको छ ।

    निर्देशिकाअनुसार बहाल रहेका स्थायी कर्मचारीका छोरा वा छोरी र हाल सार्वजनिक संस्थानमा नियुक्त भएका पूर्वनिजामती कर्मचारीका छोराछोरीले शैक्षिक प्रोत्साहन वृत्ति पाउनेछन् ।

    स्वदेशी विश्वविद्यालयका आंगिक वा सम्बन्धन प्राप्त स्वदेशी शिक्षण संस्थाको स्नातक तहको प्रथम वर्ष अध्ययनरत निजामती कर्मचारीका सन्ततिले उक्त शैक्षिक प्रोत्साहन वृत्ति पाउने निर्देशिकामा उल्लेख छ ।

    २० लाखसम्मको शैक्षिक खर्च लाग्नेमा सरकारले ५ लाख प्रोत्साहन वृत्ति, १५ लाखदेखि २० लाखसम्म खर्च लाग्नेमा ४ लाख, १० देखि १५ लाखसम्ममा ३ लाख, ५ देखि १० लाखसम्मलाई २ लाख खर्च र १ देखि ५ लाखसम्म १ लाख रूपैयाँ तथा १ लाखभन्दा कम खर्च शिक्षण शुल्कको आधारमा प्रोत्साहन स्वरूप रकम दिने निर्देशिकामा उल्लेख रहेको छ ।

    शैक्षिक प्रोत्साहन वृत्तिको लागि निजामती सेवाको संघीय कानुनमा भएको समावेशी प्रतिशतकै आधारमा कोटा निर्माण हुने सामान्य प्रशासन मन्त्रालयले जनाएको छ । मन्त्रालयको अनुसार शैक्षिक प्रोत्साहन वृत्ति व्यवस्थापन गन सामान्य प्रशासन मन्त्रालयको सचिवको अध्यक्षतामा ७ सदस्यीय समिति समेत गठन हुनेछ ।

    उक्त शैक्षिक प्रोत्साहन वृत्ति पाएका कर्मचारीका सन्ततिलाई सामान्य प्रशासन मन्त्रालयले आवश्यक ठानेको स्थानमा एक वर्षसम्म खटाउन सक्नेछ । अध्ययन गरेको विषयसँग सम्बन्धित कार्यालय वा निकायमा खटाइएको समान तह र श्रेणीका कर्मचारीले पाएको बराबर सुविधा हुने निर्देशिकामा उल्लेख छ ।

    निर्देशिका हेर्नुहोस्

    प्रकाशित मिति :चैत्र ३ २०७८ बिहिवार - ११:५२:१३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij