२०८२ मंसिर ६ गते शनिवार
काठमाडौं । साताको चौथो कारोबार दिन बुधबार नेपाल दुरसञ्चार कम्पनीको सर्वाधिक शेयर खरीदविक्री भएको छ ।
यस दिन करिब २ बजेको अवधिमा कम्पनीको सर्वाधिक शेयर खरिद बिक्री भएको छ । यस अवधिसम्ममा कारोबारमा आएका २२४ कम्पनीमध्ये उक्त कम्पनीको ९ करोड ७५ लाख बराबरको शेयर खरीदविक्री भएको हो ।
कम्पनीले मंगलबार गत आवको मुनाफाबाट २० प्रतिशत बोनस शेयर र २० प्रतिशत नगद लाभांश गरी कुल ४० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेसँगै सर्वाधिक शेयर खरीदविक्री भएको हो ।
यो समाचार तयार पार्दासम्म नेप्से परिसूचक १२ दशमलव ३७ अंक घटेर २ हजार ६३८ विन्दुमा रहेको छ । त्यसैगरी उक्त अवधिसम्ममा कुल १ अर्ब २९ करोड बराबरको शेयर खरीदविक्री भएको छ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij