काठमाडौँ । पछिल्लो २४ घण्टामा देशभर ८२ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको बुधबारको प्रेस ब्रिफिङमा मन्त्रालयकी प्रवक्ता डा.संगीता मिश्राले दिएको जानकारी अनुसार पीसीआरबाट ४१ र एन्टिजेन परीक्षणबाट ४१ जनामा कोरोना पुष्टि भएको छ ।
यस अवधिमा ६ हजार १७५ परीक्षण भएको छ । यसमा पीसीआर परीक्षण ४ हजार ७९० र एन्टिजेन परीक्षण १३८५ भएको छ । २४ घण्टामा २१३ जना कोरोनामुक्त भएका छन् । कोरोनाबाट मृत्यु हुनेको संख्या शून्य छ ।
२४ घण्टामा देशभरको पीसीआर परीक्षणको संक्रमणदर ०.९ प्रतिशत रहेको प्रवक्ता मिश्राले जानकारी दिनुभएको छ।
