२०८२ मंसिर ६ गते शनिवार
उदयपुर। उदयपुरको बेलका नगरपालिका ६ स्थित मदन भण्डारी राजमार्गमा मोटरसाइकलको ठक्करबाट बुधबार एक जनाको मृत्यु भएको छ ।
स. ७ प ८६९२ नम्बरको मोटरसाइकलको ठक्करबाट घाइते भएकी बेलका नगरपालिका– ३ की ७६ वर्षीया राममाया आलेको उपचारको क्रममा मृत्यु भएको हो । पैदलयात्री आलेको बेलका नगर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।
मोटरसाइकल र चालक त्रियुगा नगरपालिका–७ का २० वर्षीय विष्णु भट्टराईलाई इलाका प्रहरी कार्यालय रामपुरले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रहरी प्रवक्ता प्रहरी उपरीक्षक नवीनराज राईले जानकारी दिए ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij