२०८२ मंसिर ६ गते शनिवार
नवलपरासी । नवलपरासीमा एक डाक्टर अस्पतालभित्रै मृत फेला पर्नुभएको छ । नवलपरासीको चिसापानी अस्पतालमा कार्यरत डा. दीपेन्द्रप्रताप सिंह आइतबार मृत फेला पर्नुभएको हो । पोष्टमार्टम रिपोर्ट अनुसार उहाँको मृत्यु हृदयधातबाट भएको खुलेको छ ।
अस्पतालका जनस्वास्थ्य निरीक्षक रमेशचन्द्र न्यौपानेका अनुसार ३५ वर्षीय डा.सिंह डिउटी सकेर डाक्टर डिउटी रुममा बसिरहनुभएको थियो । ड्यूटी रुममै उहाँ मृत फेला पर्नुभएको हो ।
उहाँ बिहानको ड्यूटी सकेर ड्यूटी रुममा छिर्नुभएको थियो । दिउँसो सफा गर्ने कर्मचारीले सफा गर्नका लागि डा. सिंह रहेको ड्यूटीरुम खोल्न खोज्दा घटनाबारे जानकारी भयो ।
रुमभित्रबाट लक गरिएको थियो । त्यसपछि ढोका फोडेर हेर्दा उहाँ मृत अवस्थामा फेला पर्नुभएको न्यौपानेले बताए। पोस्टमार्टमको रिपोर्टमा हृदयघातका कारण ज्यान गएको देखिएको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij