Logo

२०८२ मंसिर ६ गते शनिवार

२०८२ मंसिर ६ गते शनिवार

नोबेल अस्पतालमा बिरामीको पेटबाट निकालियो पेटीको ‘बक्कल’ र सिक्री

नोबेल अस्पतालमा बिरामीको पेटबाट निकालियो पेटीको ‘बक्कल’ र सिक्री


  • 3.0K
    Shares

    नोबेल अस्पतालमा बिरामीको पेटबाट निकालियो पेटीको ‘बक्कल’ र सिक्री
    images

    विराटनगर । विराटनगरस्थित नोबेल शिक्षण अस्पतालले एक विरामीको पेटबाट पेटीको ‘बक्कल’ र सिक्री निकालेको छ । भोजपुर नगरपालिका–१२ टक्सारका २१ बर्षीय युवाको पेटबाट कम्मरमा बाध्ने पेटीको बक्कल र घाँटीमा लगाउँने फलामको सिक्री निकालिएको हो ।

    परिवार स्रोतका अनुसार ती युवाले आत्महत्या प्रयास गर्ने क्रममा आफैले कम्मरमा लगाएको पेटीको बक्कल र घाँटीमा लगाएको सिक्री निलेका थिए । घटनापछि उपचारका लागि नोबेल ल्याइएका ती युवाको पेटबाट दुवै सामान निकालिएको हो । विना चिरफार इण्डोस्कोपिक विधिमार्फत पेटमा भएको बक्कल मुखबाट निकालिएको नोबेलका बिशेषज्ञ शल्यचिकित्सक डा.ध्रुव नारायण शाहले जानकारी दिए ।

    डा.शाहका अनुसार ती युवाको पेटको खाना नलीमा बक्कल अड्किएको थियो भने आमाशयमा सिक्री थियो । मुखबाट इण्डोस्कोप छिराएर मुखबाटै बक्कल निकालिएको हो । आमाशयमा रहेको सिक्री भने दिसाको माध्यमबाट निस्किएको हो । पेटको शल्यक्रिया तथा क्यान्सर सम्बन्धि चिकित्सक डा.शाह, डा.मोहन खड्कासहितको टोलीले वक्कल निकालेर विरामीलाई जोखिममुक्त बनाएको हो ।

    विना चिरफार बक्कल र सिक्री निकालिएपछि अहिले ती युवाको स्वास्थ्य अवस्था सामान्य छ । स्वास्थ्य अवस्था सामान्य बनेपछि उनलाई डिस्चार्ज गरिएको नोबेल अस्पतालले जनाएको छ ।

    प्रकाशित मिति :चैत्र २ २०७८ बुधवार - १३:०९:५० बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij