Logo

२०८२ मंसिर ६ गते शनिवार

२०८२ मंसिर ६ गते शनिवार

सिन्धुलीमा जन्ती बोकेको टिपर दुर्घटना: दुई जनाको मृत्यु, २६ जन्ती घाइते

सिन्धुलीमा जन्ती बोकेको टिपर दुर्घटना: दुई जनाको मृत्यु, २६ जन्ती घाइते


  • 2.9K
    Shares

    सिन्धुलीमा जन्ती बोकेको टिपर दुर्घटना: दुई जनाको मृत्यु,  २६ जन्ती घाइते
    images

    सिन्धुली — सिन्धुली–मदन भण्डारी राजमार्ग अन्तर्गत सिन्धुलीको दुधौली नगरपालिका–५ सिर्थौली नजिक ठाकुरखोला पुलमा जन्ती बोकेको टिपर आइतबार राति दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । २६ जना जन्ती घाइते भएका छन् ।

    घाइतेमध्ये ६ जनाको अवस्था गम्भीर रहेको छ । प्रहरीका अनुसार बाढीगाउँबाट बेहुली लिएर उदयपुरको कटारी जाँदै गरेको जन्ती बोकेको ना ३ ख ७४९० नम्बरको टिपर सिर्थौली नजिकै ठाकुरखोला पुलमा दुर्घटना भएको हो । दुर्घटनामा परी उदयपुरको कटारी नगरपालिका–२ का २४ वर्षीय अजय दनुवार र सोही ठाउँका १९ वर्षीय दिपेन्द्र कुमरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख एसपी विमलराज कँडेलले जानकारी दिए । बेहुला–बेहुली भने छुट्टै गाडीमा भएकाले दुर्घटनाबाट जोगिएका छन् ।

    घाइतेमध्ये ७ जनालाई उपचारका लागि विराटनगरको न्युरो अस्पताल, ४ जनालाई काठमाडौं, एक जना कटारीको सगरमाथा अस्पताल, दुई जनाको सिन्धुली अस्पतालमा उपचार भइरहेको छ । १० जना भने सामान्य उपचारपछि घर फर्किएका छन् । दुर्घटनाको कारणबारे छानबिन भइरहेको एसपी कँडेलले जनाए ।

    प्रकाशित मिति :फाल्गुण ३० २०७८ सोमवार - ११:४८:२६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij