Logo

२०८२ मंसिर ६ गते शनिवार

२०८२ मंसिर ६ गते शनिवार

ताप्लेजुङमा आगलागीबाट ६९ लाख भन्दा बढी क्षति

ताप्लेजुङमा आगलागीबाट ६९ लाख भन्दा बढी क्षति


  • 6.0K
    Shares

    ताप्लेजुङमा आगलागीबाट ६९ लाख भन्दा बढी क्षति
    images

    ताप्लेजुङ । ताप्लेजुङको सदरमुकाम फुङ्लिङ नगरपालिका–४ कोप्चे टोलमा शुक्रबार भएको आगलागीमा परी रु ६९ लाख ३० हजार बराबर धनमाल क्षति भएको छ ।

    ताप्लेजुङ नेपाल रेडक्रस सोसाइटीका अनुसार आगलागीमा परी उक्त रकम बराबरको धनमाल क्षति हुनाका साथै एक महिलाको मृत्यु भएको र दुई घरका परिवार विस्थापित हुन पुगेको रेडक्रसका प्रतिनिधि अर्जुन कार्कीले बताउनुभयो ।

    शुक्रबार बिहान ८ः३० बजेतिर आगलागी भएको थियो । फुङ्लिङ नगरपालिकाको दमकल प्रयोग गर्नाका साथै नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र स्थानीयवासीको सहयोगमा आगो डेढ घण्टापछि निभाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

    प्रकाशित मिति :फाल्गुण २८ २०७८ शनिवार - १४:५८:३८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij