Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

कोरिया जाने पर्खाइमा रहेकाहरूलाई आयो खुसीको खबर, श्रम मन्त्री श्रेष्ठले गरे यस्तो आग्रह

कोरिया जाने पर्खाइमा रहेकाहरूलाई आयो खुसीको खबर, श्रम मन्त्री श्रेष्ठले गरे यस्तो आग्रह


  • 4.4K
    Shares

    कोरिया जाने पर्खाइमा रहेकाहरूलाई आयो खुसीको खबर, श्रम मन्त्री श्रेष्ठले गरे यस्तो आग्रह

    श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले ईपीएस अन्तर्गत रोजगारीका लागि दक्षिण कोरिया जाने पर्खाइमा रहेका नेपाली युवालाई छिटो पठाउन कोरियाली पक्षसँग आग्रह गरेका छन् ।

    मन्त्री श्रेष्ठले मन्त्रालयमा मंगलवार कोरियाको मानव संसाधन विकास बोर्ड (एचआरड) कोरियाका नेपाल प्रतिनिधि किम उन डकसँग भेट गरी रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत भाषा र शीप परीक्षा उत्तीर्ण गरी कोरिया जाने पर्खाइमा रहेका युवालाई छिटो लैजाने वातावरण बनाउन आग्रह गरेका हुन् ।

    मन्त्री श्रेष्ठले व्यावसायिक उडान खुला गरी छिटो पठाउने प्रबन्ध गर्न कोरियाली पक्षलाई आग्रह गरे । अहिले चार्टर्ड उडानमार्फत कोरिया लैजाने गरिएकोमा व्यावसायिक उडान खुला भएपछि नियमित हुनेछ भने कम शुल्कमा जान पाउनेछन् ।

    एचआरडी कोरियाका नेपाल प्रतिनिधि डकले अहिले दक्षिण कोरियामा कोरोना भाइरस संक्रमण तीव्ररूपमा फैलिरहेको बताएका थिए । कोरोना महामारीका लागि रोकिएका कामदार छिटो ल्याउन कोरिया सरकार सकारात्मक भए पनि महामारीले समस्या भएको उनको भनाइ छ ।

    विदेशी श्रमिक अनिवार्य क्वारेन्टिन बस्नुपर्ने भएकाले क्वारेन्टिन अभावले धेरै श्रमिक एकैपटक लैजान नसकिएको उनले बताए ।

    यसअघि कोरोना संक्रमणका कारण माघ दोस्रो सातादेखि श्रमिक लैजान रोकिएकोमा हालै पुनः खुला गरिएको थियो । करीब ७ हजार श्रमिक कोरिया जान छनोट भएकोमा कोरोना संक्रमणपछि ९८४ जना गइसकेका छन् ।

    प्रकाशित मिति :फाल्गुण २५ २०७८ बुधवार - १४:५१:०३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij